नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो | Khabarhub Khabarhub

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मध्य नाइजेरियामा एक पेट्रोल ट्याङ्करमा भएको विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । गम्भीर घाइते १२ जनाको अस्पतालमा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

स्थानीय आपतकालीन व्यवस्थापन एजेन्सीका प्रमुख अब्दुल्लाही बाबा–आराले शनिबार उत्तर–मध्य नाइजर राज्यको व्यस्त सडकमा पेट्रोल ट्याङ्कर पल्टिएको बताए ।

मानिसहरु इन्धन निकाल्न खोजिरहेका बेला विस्फोट भएको थियो । घटनास्थलमा रहेको पावर जेनेरेटरको स्विच अन हुँदा विष्फोट भएको बताइएको छ ।

उद्धार कार्यका क्रममा थप पीडित भेटिएपछि घाइतेको सङ्ख्या ५५ जना रहेको बाबा आराले बताए ।

‘नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सीले अन्य घाइते पीडितहरूलाई आवश्यक सहयोग प्रदान गर्न सक्दो प्रयास गरिरहेको छ,’ उनले भने ।

राष्ट्रपति बोला टिनुबुले घाइतेहरूलाई व्यापक स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्‌ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १० : ४७ बजे

कहिल्यै नमेटिने गाजा युद्धका घाउ

‘कहिले काहीँ बिर्सिएर आकाश खोज्दै हिँड्छु, भत्किएको मेरो पुरानो त्यो

बिहेपछि किन मोटाउँछ मान्छे ?

काठमाडौं– तपाईँले याद गर्नु भएको छ, विवाह अघि दुब्लो पातलो

तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै

तनहुँ–  तनहुँका १४ हजारभन्दा बढी किशोरी (छात्रा)लाई पाठेघरको मुखको क्यान्सरविरुद्धको

बागलुङस्थित कालीगण्डकीमा मोटर चल्ने पुल निर्माण

बागलुङ– कालीगण्डकी नदीमा मोटर चल्ने पुल सञ्चालनमा आएको छ ।

पर्वतको लेसपारमा ‘एक घर एक धारा’ विस्तार

पर्वत– पर्वतको मोदी गाउँपालिका–४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा