‘माग्ने बुढा’को जोडी अस्ट्रेलियाको ‘फिन कनेक्स फाइनान्सियल’को ब्राण्ड एम्बेस्डर « Khabarhub

‘माग्ने बुढा’को जोडी अस्ट्रेलियाको ‘फिन कनेक्स फाइनान्सियल’को ब्राण्ड एम्बेस्डर


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र उनकी श्रीमतीसमेत रहेकी कलाकार सीतादेवी तिमल्सेना ‘चन्द्रमुखी’ अस्ट्रेलियाको फिन कनेक्स फाइनान्सियलको ब्राण्ड ऐम्बेस्डर बनेका छन् । कम्पनीले यो जोडीले यसै साता ब्राण्ड ऐम्बेस्डरका रूपमा नियुक्त गरेको हो ।

यो कम्पनी केन्द्रीय कार्यालय अस्ट्रेलियाको सिड्नीमा छ । यस कम्पनीले विगत ६ वर्षदेखि होम लोन, बिजनेश लोन, कर्मसियल लोन,इन्भेटमेन्ट लोन,एसएमएसएफ लोनलगायतका सेवा दिँदै आएको छ ।

कम्पनीका प्रमुख विष्णुप्रसाद अर्यालले आफ्नो कम्पनी चर्चित कलाकारसँग जोडिन पाएकोमा आफू खुशी रहेको बताएका छन् ।

अर्यालका अनुसार यस कम्पनीमा धेरै नेपालीहरूले सेवा लिएका छन् । अस्ट्रेलियाका ४० भन्दा बढी संस्थासँग आबद्ध भएर यस संस्थाले सेवा प्रवाह गर्दै आएको उनको दाबी छ ।

उनी भन्छन्, ‘अष्ट्रेलियामा पीआर हात पर्नासाथ घर किन्ने धेरैको सपनालाईमा हाम्रो कम्पनीले साथ दिएको छ । त्यसमा नेपालीहरुले पनि सेवा लिनुभएको छ ।’

अस्ट्रेलिया नेपाली समुदाय बाक्लिँदै गएको अवस्थामा विदेशमा रहेको नेपालीहरूकै सस्थासँग जोडिन पाएकोमा कलाकार केदार घिमिरे खुसी साटेका छन् ।

कलाकार दम्पतीले अब कम्पनीको प्रचार-प्रसारमा जोडिनेछन् । कम्पनीले अस्ट्रेलिया आयोजना गर्ने कार्यक्रममा पनि यो जोडीले सहभागिता जनाउने भएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १ : ४४ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर