युनिग्लोब कलेजका १४ विद्यार्थी स्वर्णपदकसहित दीक्षित | Khabarhub Khabarhub

युनिग्लोब कलेजका १४ विद्यार्थी स्वर्णपदकसहित दीक्षित

हालसम्म धेरै स्वर्णपदक प्राप्त गर्नेमा युनिग्लोब कलेज उत्कृष्ट शैक्षिक संस्था


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा विश्वविद्यालयले २०औँ दीक्षान्त समारोह हिजो पोखरा विश्वविद्यालयस्थित ढुंगेपाटन, कास्कीमा सम्पन्न गरेको छ ।

शिक्षाविद् जोर्ज जोनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलीले गरेका थिए । 

उक्त दीक्षान्त समारोहमा ७,८७२ विद्यार्थी दीक्षित भएका छन् भने ३० जना विद्यार्थीलाई विशिष्ट स्वर्ण पदक र ७४५ विद्यार्थीलाई डिन लिस्टको उपाधिबाट सम्मानित गरिएको छ ।

उक्त अवसरमा काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित युनिग्लोब कलेजका १४ जना विद्यार्थीहरूले ४.०० जिपिएसहित स्वर्ण पदक प्राप्त गरेका थिए ।

जसमा बिराट गौतम, झरना रेग्मी, जोशिला दाहाल, रमन सिलवाल, श्रुति आचार्य, आकृति देवकोटा, आस्तिका महतो, निशा खड्का, नितिशा गौतम, रश्मी पौड्याल, अपसरा ईमाम, अकलेश कुमार मिश्र, कौशिकी पन्त र मनिषा कुमारी कार्की रहेका छन् ।

साथै युनिग्लोब कलेजका ४८ जना विद्यार्थीहरूले डिन लिस्टको स्थान हासिल गर्न सफल भएका छन् ।

यसअघि पनि पोखरा विश्वविद्यालयको विभिन्न दीक्षान्त समारोहहरूमा युनिग्लोब कलेजका २१ जना विद्यार्थीहरूले स्वर्ण पदक प्राप्त गरिसकेका छन् ।

हालसम्म ३५ वटा स्वर्ण पदक प्राप्त गर्दै युनिग्लोब कलेज नेपालमा पोखरा विश्वविद्यालय अन्तर्गत सबैभन्दा धेरै स्वर्ण पदक प्राप्त गर्ने उत्कृष्ट शैक्षिक संस्थाको रूपमा परिचित भएको छ ।

यूनिग्लोब कलेजका प्रबन्ध निर्देशक डा. गंगाधर दाहालले आगामी दिनहरूमा पनि उत्कृष्ट शिक्षा प्रदान गर्ने तथा विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक सफलता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

युनिग्लोव कलेजका प्राचार्य तथा अध्यक्ष डा. नर बहादुर बिष्टले यस वर्षको दीक्षान्त समारोहमा युनिग्लोब कलेजका विद्यार्थीहरूले प्राप्त गरेको उपलब्धि कलेजले शिक्षा क्षेत्रमा गरेको निरन्तर प्रयास र प्रगतिको प्रमाण हो भन्ने कुरा बताए र साथसाथै स्वर्ण पदक र डिन लिष्ट प्राप्त गर्ने विद्यार्थीहरूले आफ्नो मेहनत र लगनशीलताको परिचय दिएको कुरा व्यक्त गरे । 

उनले आफ्ना सम्पूर्ण दिक्षित विद्यार्थी, शिक्षक, अभिभावकहरु तथा प्रशासनिक कर्मचारीहरुलाई उक्त उपलब्धिमा योगदान पुर्याएकोमा धन्यवाद दिए ।

साथै उनले युनिग्लोब कलेजका शैक्षिक निर्देशक प्रा.डा. राधे श्याम प्रधानको मार्ग निर्देशनमा उक्त कलेजले उल्लेखनीय सफलता हासिल गरेको र उनको नेतृत्व र शैक्षिक क्षेत्रप्रतिको लगाव र समर्पणले विद्यार्थीको शैक्षिक क्षमतालाई विकास गर्न महत्त्वपूर्ण भूमिका निभाएको कुरा पनि बताए ।  

सन् २०१८, २०१९ र २०२२ मा सर्वोत्कृष्ट बिजनेस कलेज अवार्डहरूबाट समेत सम्मानित उक्त कलेजले हालसम्म १३ वटा अन्तर्राष्ट्रिय सम्मेलनहरू सफलतापूर्वक आयोजना गरिसकेको छ । 

उक्त कलेजका ४५० भन्दा बढी विद्यार्थीहरूले ६० भन्दा बढी विभिन्न देशमा हुने अन्तर्राष्ट्रिय सम्मेलन र तालिममा भाग लिइसकेका छन् । 

यसका अतिरिक्त युनिग्लोब कलेजले चार वटा त्रैमासिक अनुसन्धानमूलक जर्नलहरूको प्रकाशन गर्दै विद्यार्थीहरूको अनुसन्धानमूलक कार्यलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गर्न सफल भएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १ : १५ बजे

पर्वत पहिरो अपडेट : श्रीमानको शव फेला, श्रीमती खोजी जारी

पर्वत– पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोले घर पुरिँदा  बेपत्ता

मेयरको धम्कीपछि पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत फेला

रौतहट– रौतहटका पत्रकार रवीन्द्र प्रजापति घरैमा झुन्डिएको अवस्थामा भेटिएका छन्

सुनसरी–मोरङका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

सुनसरी– जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र

भोजपुरको ‘शङ्खामचुली दिमालुङ पदमार्ग’ पर्यटकको आकर्षक गन्तव्य

भोजपुर- भाेजपुरकाे हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग

गाडीले किचेर एकजनाको मृत्यु

दाङ– दाङको देउखुरीमा गाडीले किचेर आइतबार बिहान एकजनाको मृत्यु भएको