प्रधानमन्त्री पत्नी राधिकाले ल्याइन् दोस्रो पुस्तक ‘करुणा’, ओलीले दिए बधाई « Khabarhub

प्रधानमन्त्री पत्नी राधिकाले ल्याइन् दोस्रो पुस्तक ‘करुणा’, ओलीले दिए बधाई


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्यले लेखेको दोस्रो पुस्तक ‘करुणा’ शनिबार सार्वजनिक हुने भएको छ । भोलि दिउँसो साढे १२ बजे राष्ट्रिय सभागृहमा पुस्तक लोकार्पण गरिने भएको छ ।

प्रधानमन्त्री ओलीले राधिकाको दोस्रो पुस्तक ‘करुणा’ आफ्नो हात परेको र साह्रै राम्रो लेखेको भन्दै बधाई र शुभकामना दिएका छन् । 

‘अस्ति राधिकाको दोस्रो किताब ‘करुणा’ हात पर्‍यो। एकदमै राम्रो लेखेकी रहिछिन्, निकै रोचक लाग्यो। भोलि १२ः३० बजे राष्ट्रिय सभागृहमा पुस्तक सार्वजनिक गर्ने कार्यक्रम छ । राधिकालाई बधाई, धेरै धेरै शुभकामना,’ ओलीले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् ।

राधिका शाक्यले यसअघि ‘मेरो अनुभूति’ भन्ने पुस्तक लेखेकी थिइन् । जसमा ओलीसँग साथमा रहँदा एमाले नेताहरूको चरित्र र विचार समेटिएको थियो । जसले एमाले नेताहरूमा तरंग सार्वजनिक गरेको थियो । ‘करुणा’ मा भने सामाजिक कार्यमा सहभागिता हुँदाका विषय समेटिएको बुझिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १ : ३१ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।