सात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च | Khabarhub Khabarhub

सात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भैरहवा– चालु आर्थिक वर्षको सात महिनामा लुम्बिनी प्रदेशमा कुल विनियोजित बजेटको एक चौथाइ मात्र खर्च भएको छ । लुम्बिनी प्रदेशका मन्त्रालय र अन्य प्रादेशिक कार्यालयले चालु र पुँजीगत खर्च गरी २४ दशमलव ४७ प्रतिशत खर्च भएको छ । 

प्रदेशमा चालुतर्फ विनियोजित कुल रकम ११ अर्ब २४ करोड २७ लाख ८४ हजार रुपैयाँ रकम भएकोमा त्यसको २६ दशमलव २४ प्रतिशत अर्थात् दुई अर्ब ९५ करोड पाँच लाख १८ हजार सात सय ४७ रुपैयाँ खर्च भएको छ ।

यस्तै, पुँजीगत तर्फ कुल रकम २४ अर्ब ५८ करोड ५९ लाख विनियोजित भएकामा माघ मसान्तसम्म त्यसको २२ दशमलव ४० प्रतिशत अर्थात् पाँच अर्ब ५० करोड ६७ लाख तीन हजार सात सय ८८ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेशका प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले जानकारी दिए । 

सार्वजनिक तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पुँजीगततर्फ रु एक करोड १५ लाख विनियोजन भएकामा त्यसमध्ये एक रुपैयाँ पनि खर्च भएको छैन ।

यस्तै, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले १७ करोड ७४ लाख रुपैयाँ बजेटमध्ये एक दशमलव ३७ प्रतिशत अर्थात् २४ लाख २७ हजार तीन सय ४३ रुपैयाँ मात्र खर्च गरेको छ ।

माघ मसान्तसम्ममा सबैभन्दा बढी स्वास्थ्य मन्त्रालयले पुँजीगत खर्च गरेको छ । मन्त्रालयले ६९ दशमलव ६७ प्रतिशत खर्च भएको सार्वजनिक विवरणमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले दुई अर्ब ५७ करोड ५९ लाखमध्ये एक अर्ब ७९ करोड ४० लाख ११ हजार ४०१ रुपैयाँ खर्च गरेको छ । यसैगरी प्रदेश लोक सेवा आयोगले ७० लाख रुपैयाँ मध्ये २९ दशमलव २७ प्रतिशत अर्थात् २० लाख ४९ हजार १८ रुपैयाँ खर्च भएको छ । 

यस्तै, पुँजीगततर्फ प्रदेशसभाले २९ दशमलव १० प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चार दशमलव २५, आर्थिक मामिला मन्त्रालयको २३ दशमलव १८, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको चार दशमलव ५१ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको १४ दशमलव ७३ प्रतिशत खर्च भएको छ ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयले २१ दशमलव ३३ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले छ दशमलव १९, भौतिक पूर्वाधार विकास मन्त्रालय १८ दशमलव १६, खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय २३ दशमलव २४, सामाजिक विकास मन्त्रालय आठ दशमलव ८० प्रतिशत, प्रदेश योजना आयोगको ती दशमलव ४३ प्रतिशत खर्च भएको छ । 

लुम्बिनी प्रदेशले अर्थ तथा विविध खर्चको लागि चालु खर्चमा ७५ करोड ३७ लाख ७६ हजार रुपैयाँ र पुँजीगत खर्चको लागि ३५ करोड रुपैयाँ विनियोजन गरेकामा त्यसबाट हालसम्म एक रुपैयाँ पनि खर्च भएको छैन । 

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ३ : ३६ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक