नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तु बन्यो सोयाबिन तेल « Khabarhub

नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तु बन्यो सोयाबिन तेल

यी हुन् पाँच वर्षयता धेरै निर्यात भएका १० वस्तु


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ७ महिनामा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा कच्चा पदार्थसहितको सोयाबिन तेल भएको छ । भन्सार विभागकानुसार चालु आवको ७ महिनामा नेपालबाट १ खर्ब २७ अर्ब २० करोड २९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

जसमा ३२ अर्ब ४१ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको कच्चा पदार्थसहितको सोयाबिन तेल मात्रै निर्यात भएको हो । जुन परिमाण अघिल्ला आर्थिक वर्षहरूको तुलनामा झण्डै तेब्बरले बढी हो ।

विभागका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा नेपालमा ३८ अर्ब २९ करोड ७३ लाख ९२ हजार रुपैयाँ बराबरको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको थियो । सोयाबिन तेलको कच्चापदार्थ आयातको तुलनामा निर्यात भने कम भएको विभागको तथ्यांकले देखाएको छ ।

पाँच वर्षयता धेरै निर्यात भएका वस्तु

नेपालको निर्यात तथ्यांकलाई हेर्दा उच्चपरिमाण तथा मूल्यमा हुने निर्यातको अवस्था वर्षेनि चलायमान हुने देखिएको छ । कुनै एक वर्षमा नेपालबाट सबैभन्दा धेरै निर्यात भएका वस्तुहरू अर्को आर्थिक वर्षमा पछाडि पर्ने गरेका छन् ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालबाट सबैभन्दा धेरै क्रमशः कच्चा पदार्थसहितको सोयाबिन तेल, कच्चा पदार्थसहितको सूर्यमुखी तेल, कार्पेट तथा टेक्सटायल, अलैँची, कालो चिया, ८५ प्रतिशत पोलिस्टर एकल धागो, आल्मुनियम कोटेड जस्ता रोल, जुट तथा अन्य टेक्सटायल, लेमिनेटेड टेक्सटायल र ८५ प्रतिशत पोलिस्टर अन्य धागो निर्यात भएको छ ।

चालु आवको ७ महिनामा नेपालमा सबैभन्दा धेरै निर्यात हुने वस्तुमध्येमा सोयाबिन भएकोमा अघिल्लो आव भने यस्तो निर्यात कार्पेट तथा टेक्सटायल भएको थियो । गत आव ०८०/८१ मा नेपालबाट १० अर्ब ५७ करोड २४ लाख ९९ हजार रुपैयाँ बराबरको कार्पेट तथा टेक्सटायल निर्यात भएको थियो ।

त्यस्तै, आव ०७९/८० मा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा आंशिक प्रशोधन गरिएको पाम तेल थियो । आंशिक प्रशोधित पाम तेल उक्त आवमा नेपालबाट १७ अर्ब २८ करोड ८७ लाख ४६ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

तर, आव ०७८/७९ मा भने नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा कच्चा पदार्थ सहितको सोयाविन तेल थियो । उक्त आवमा नेपालबाट ४८ अर्ब १२ करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको कच्चा पदार्थसहितको सोयाबिन तेल निर्यात भएको थियो ।

आव ०७७/७८ मा पनि नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा कच्चा पदार्थसहितको सोयाबिन तेल रहेको विभागको तथ्यांकले देखाएको छ । उक्त आवमा ५३ अर्ब ६५ करोड १५ लाख ९८ हजार रुपैयाँ बराबरको कच्चा पदार्थसहितको सोयाबिन तेल नेपालबाट निर्यात भएको थियो ।

तथ्यांक हेर्दा प्रमुख निर्यात हुने अधिकांश वस्तुहरू नेपालमा उत्पादन हुने भन्दा आयातमा आधारित छन् । सोयाबिन, सूर्यमुखी, पाम, जस्ता, लगायत वस्तुको कच्चापदार्थ आयात गरेर आंशिक वा पूरा प्रशोधनपछि निर्यात हुने गरेको देखिन्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : ५८ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग