स्मार्ट सिटी र नयाँ शहरकाे काम सरकारले क्रमिक रूपमा अघि बढाउँछ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

स्मार्ट सिटी र नयाँ शहरकाे काम सरकारले क्रमिक रूपमा अघि बढाउँछ : उपप्रधानमन्त्री सिंह

गुणस्तर शिक्षासँगै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा जोड दिऔँ


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

टिकापुर- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले स्मार्ट सिटी र नयाँ शहरकाे काम क्रमिक रूपमा अघि बढाउने बताएका छन् । कैलालीको टिकापुरमा रहेको  वीरेन्द्र विद्यामन्दीरकाे स्वर्ण महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

उपप्रधानमन्त्री सिंहले टिकापुरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने काम अघि बढिसकेको भन्दै सरकारले घोषणा गरेका स्मार्ट सिटी र नयाँ शहरकाे काम अब क्रमिक रूपमा अगाडि बढ्ने बताए  । त्यस्तै, टिकापुर शैक्षिक शहरका रूपमा विकसित भएकोमा खुसी व्यक्त गर्दै उनले अब शिक्षालाई सीपसँग जाेडनुपर्नेमा जोड दिए । 

उनले विद्यार्थीको शैक्षिकसँगै उनीहरूको रुचिको क्षेत्रमा पनि प्रेरित गरेर शिक्षाको गुणस्तरसँगै समग्र व्यक्तित्व विकासमा ध्यान दिन आग्रह गरे । यहाँबाट उत्तीर्ण भएर जाने विद्यार्थीहरूले देशलाई, समाजलाई योगदान गर्न सक्ने बनाउन शिक्षकहरूले विशेष ध्यान दिनुपर्छ,´ उपप्रधानमन्त्री सिंहले भनी, शैक्षिक सर्टिफिकेटसँगै केही न केही सिपको सर्टिफिकेट भयो भने आगामी दिन सहज हुन्छ । विद्यार्थीको समग्र विकासमै अब  जोड  दिनुपर्छ ।´

त्यस्तै उनले विद्यार्थीहरूले पाठ्यक्रम सँगै राजनीतिक, सामाजिक, आर्थिक विषयमा चासो राख्नुपर्ने बताए ।  समाजमा देखिएका बेथितिबारे चासो राखेर समाधानका लागि पनि विद्यार्थीहरूले योगदान गर्न भूमिका खेल्ने उपप्रधानमन्त्री सिंहले विश्वास व्यक्त गरे । 

वीरेन्द्र विद्या मन्दिरले विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको भन्दै उपप्रधानमन्त्री सिंहले प्रशंसा पनि गरे । यहाँ 
अध्ययन गरेका विद्यार्थीहरूले अहिले विभिन्न क्षेत्रमा योगदान गरिरहेको भन्दै विद्यालयले दिएको असल शिक्षाकै कारण त्यो सम्भव भएको भन्दै आगामी दिनमा अझ राम्रो गर्न शुभकामना दिए । 

स्वरण महोत्सवका अवसरमा विद्यामन्दिरबाट अध्ययन गरी समाजका विविध क्षेत्रमा योगदान गरिरहेका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । 

विद्यामन्दिरका पूर्व विद्यार्थी काठमाडौं प्रहरी परिसरका प्रमुख विश्व अधिकारी, शहरी विकास मन्त्रालयका उपसचिव झपट विश्वकर्मा, वरिष्ठ पत्रकार प्रशान्त अर्याललगायतलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चाैधरी , कांग्रेस नेता रणबहादुर रावललगायतको सहभागिता थियो । आजबाट शुरू भएको महोत्सव ३ दिन चल्नेछ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ७ : ४७ बजे

अमेरिकी एफबीआईको निर्देशकमा भारतीय मूलका काश पटेल नियुक्त 

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका अमेरिकी नागरिक काश

पाथीभरा केबलकार सन्दर्भमा तथ्यपरक समाचार सम्प्रेषण गर्न महासङ्घको आग्रह

काठमाडौं– नेपाल पत्रकार महासङ्घले ताप्लेजुङमा अवस्थित पाथीभरा (मुकुम्लुङ ) केबलकार परियोजना

मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान

म्याग्दी– मुस्ताङमा नकुहिने सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान

आईपीओ अनुमतिको वातावरण बनाइदिन ऊर्जा उद्यमीको आग्रह

काठमाडौं- निजी क्षेत्रका ऊर्जा उद्यमीले आगामी १० वर्षमा २८ हजार

पाथीभरा क्षेत्रमा बाग्लो हिमपात

फुङ्लिङ्– ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको