आइपीएल : सुरुवाती खेलमा परागले राजस्थानको नेतृत्व गर्ने « Khabarhub

आइपीएल : सुरुवाती खेलमा परागले राजस्थानको नेतृत्व गर्ने


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार सुरु हुने आइपीएलको राजस्थान रोयल्सको सुरुवाती तीन खेलमा रियान परागले नेतृत्व गर्ने भएका छन्। औलाको चोटसँग सङ्घर्ष गरिरहेका नियमित कप्तान सञ्जु सामसन प्रशिक्षणमा उपस्थित भइसकेका छन्।

चिकित्सकले विकेट किपिङ र फिल्डिङका लागि योग्य ठहर गरेपछि मात्र उनले ब्याटिङ गर्ने छन्। राजस्थानमा अर्का विकेटकिपर ब्याट्सम्यान ध्रुव जुरेल भएका कारण उनले इम्प्याक्ट खेलाडीको रूपमा सहभागिता जनाउने छन्। उनी पूर्ण रूपमा फिट भएपछि राजस्थानको नेतृत्व गर्ने छन्।

इङ्गल्यान्डसँगको शृङ्खलाको पाँचौँ टी–२० खेलमा जोफ्रा आर्चरको बलले लागेपछि औलामा चोट पुगेको हो।

परागले पहिलो पटक राजस्थानको नेतृत्व सम्हाल्न आँटेका हुन्। उनी इतिहासका पाँचौँ कान्छा कप्तान हुन्। सन् २०१९ देखि उनी राजस्थानमा छन्। यस सिजन फ्रेन्चाइजले उनलाई १४ करोड भारतीय रुपियाँमा रिटेन गरेको हो। गएको सिजन उनले ५७३ रन प्रहार गरेका थिए। समग्रमा यो तेस्रो धेरै तथा राजस्थानको सबैभन्दा धेरै व्यक्तिगत स्कोर हो।

आइपिएलमा प्रहार गरेको चार अर्धशतककै कारण उनले भारतको राष्ट्रिय टोलीबाट डेब्युको अवसर पाएका थिए।

२३ मार्चमा परागको नेतृत्वमा राजस्थानले पहिलो खेल सनराइजर्स हैदरावादसँग खेल्ने छ। २६ मार्चमा राजस्थानले घरेलु भूमिमा साबिक विजेता कलकत्ता नाइटराइडर्ससँग खेल्ने छ। ३० मार्चमा चेन्नाइ सुपर किङसँग खेल्ने छ

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ८ : १३ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य