शंकरदेवका विद्यार्थीलाई ताला होइन, स्ववियु निर्वाचन चाहिएको हो : सचिव उपाध्याय « Khabarhub

शंकरदेवका विद्यार्थीलाई ताला होइन, स्ववियु निर्वाचन चाहिएको हो : सचिव उपाध्याय


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शंकरदेवका स्ववियु सचिव मदनराज उपाध्यायले स्वतन्त्र विद्यार्थी युनियनको चुनावविरुद्ध तालाबन्दी गरिएको भन्दै आपत्ति जनाएका छन्। 

त्रिवि तालिका अनुसार गत मंगलबार स्ववियु निर्वाचन हुन पर्ने भए पनि यही २७ गतेदेखि विभिन्न संगठनहरूले तालाबन्दी गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

विद्यार्थीको आवाज मुखरित गर्ने साझा संस्था स्ववियु निर्वाचन आवश्यक र अपरिहार्य रहेको उनको जिकिर छ।

 ‘शंकरदेव क्याम्पसमा विभिन्न संगठनले ताला लगाएको धेरै दिन भइसक्यो। क्याम्पस प्रशासन र निर्वाचन समिति मौन छ। स्ववियु शंकरदेव क्याम्पसको एक मात्र एजेण्डा निर्वाचन हुनुपर्छ भन्ने हो। लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन नै हो,’ उनले भनेका छन्।

निर्वाचनबाट भाग्नु भनेको हारको मानसिकता भएको उपाध्यायले बताएका छन्। निर्वाचन प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रशासन र निर्वाचन समितिलाई आफूहरू नेतृत्वको स्ववियुले जस्तो सुकै सहयोग गर्ने उनको जिकिर छ।

‘विद्यार्थीको दुस्ख सुखको सारथी, शिक्षाको प्रायका रुपमा रहेको स्ववियु निर्वाचन कुनै बहानामा रोक्न पाइदैन। क्याम्पसमा ताला लगाउने सम्पूर्ण संगठनलाई सहमति, सहकार्य र समन्वय ल्याई निर्वाचन प्रक्रिया आगाडि बढाउन स्ववियु निर्वाचन समिति र क्याम्पस प्रशासनलाई अनुरोध गर्दछु,’ उनले भनेका छन्।

निर्वाचन गर्न नसक्ने भए उक्त निर्वाचन समिति खारेज गरी नयाँ निर्वाचन समिति गठन गरी अगाडि बढ्न क्याम्पस प्रमुख र प्रशासन समक्ष उनको आग्रह छ। उनले यसका साथै स्ववियु निर्वाचन रोकिएका अन्य क्याम्पसमा पनि अविलम्ब निर्वाचन गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ८ : ५२ बजे

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६