शंकरदेवका विद्यार्थीलाई ताला होइन, स्ववियु निर्वाचन चाहिएको हो : सचिव उपाध्याय « Khabarhub

शंकरदेवका विद्यार्थीलाई ताला होइन, स्ववियु निर्वाचन चाहिएको हो : सचिव उपाध्याय


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शंकरदेवका स्ववियु सचिव मदनराज उपाध्यायले स्वतन्त्र विद्यार्थी युनियनको चुनावविरुद्ध तालाबन्दी गरिएको भन्दै आपत्ति जनाएका छन्। 

त्रिवि तालिका अनुसार गत मंगलबार स्ववियु निर्वाचन हुन पर्ने भए पनि यही २७ गतेदेखि विभिन्न संगठनहरूले तालाबन्दी गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

विद्यार्थीको आवाज मुखरित गर्ने साझा संस्था स्ववियु निर्वाचन आवश्यक र अपरिहार्य रहेको उनको जिकिर छ।

 ‘शंकरदेव क्याम्पसमा विभिन्न संगठनले ताला लगाएको धेरै दिन भइसक्यो। क्याम्पस प्रशासन र निर्वाचन समिति मौन छ। स्ववियु शंकरदेव क्याम्पसको एक मात्र एजेण्डा निर्वाचन हुनुपर्छ भन्ने हो। लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन नै हो,’ उनले भनेका छन्।

निर्वाचनबाट भाग्नु भनेको हारको मानसिकता भएको उपाध्यायले बताएका छन्। निर्वाचन प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रशासन र निर्वाचन समितिलाई आफूहरू नेतृत्वको स्ववियुले जस्तो सुकै सहयोग गर्ने उनको जिकिर छ।

‘विद्यार्थीको दुस्ख सुखको सारथी, शिक्षाको प्रायका रुपमा रहेको स्ववियु निर्वाचन कुनै बहानामा रोक्न पाइदैन। क्याम्पसमा ताला लगाउने सम्पूर्ण संगठनलाई सहमति, सहकार्य र समन्वय ल्याई निर्वाचन प्रक्रिया आगाडि बढाउन स्ववियु निर्वाचन समिति र क्याम्पस प्रशासनलाई अनुरोध गर्दछु,’ उनले भनेका छन्।

निर्वाचन गर्न नसक्ने भए उक्त निर्वाचन समिति खारेज गरी नयाँ निर्वाचन समिति गठन गरी अगाडि बढ्न क्याम्पस प्रमुख र प्रशासन समक्ष उनको आग्रह छ। उनले यसका साथै स्ववियु निर्वाचन रोकिएका अन्य क्याम्पसमा पनि अविलम्ब निर्वाचन गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ८ : ५२ बजे

डा. नुतनलाई प्रश्न- सुत्केरी र शिशुको फोटो सार्वजनिक गर्न पाइन्छ ?

काठमाडौं- सुत्केरी आमा र नवजात शिशुको फोटो सार्वजनिक गरेपछि वरिष्ठ

बागमती प्रदेश उपसभापति महर्जनसहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा उभिए

काठमाडौं– बागमती प्रदेश कार्यसमितिका उपसभापतिसहितका नेताहरू नेपाली कांग्रेसको विधान महाधिवेशनको

प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य

फिल्म ‘कुमारी’ प्रचारका लागि देशव्यापी सांगीतिक टुर गरिने

काठमाडौं – दिनेश राउत निर्देशित फिल्म प्रचारका लागि सांगीतिक टूर

गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

काठमाडौं- जेन-जी आन्दोलनमा पानी बाँडेर चर्चामा आएका सुधन गुरुङले आगामी