महायज्ञ विवाद प्रकरण : सिराहाका प्रजिअ मन्त्रालय तानिए « Khabarhub

महायज्ञ विवाद प्रकरण : सिराहाका प्रजिअ मन्त्रालय तानिए


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ। 

सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका छन् ।

विगत लामो समयदेखि सडक किनारमा बस्दै आएका दीपक मलिक (डोम) बस्ने नयाँ छाप्रो छ। सोही ठाउँमा यहि चैत १७ गते देखि श्री श्री १०८ श्री विष्णु महायज्ञ आयोजना हुँदैछ ।

महायज्ञ लगाउने ठाँउ नजिकै छाप्रोमा बस्दै आएका अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर गत फागुन १० गते भत्काएका थिए ।

आयोजकले मलिकको घर मात्रै भत्काएनन्, अछुतले छोएको माटो भनेर घर रहेको स्थानको समेत दुई फिट माटो खनेर खोलामा फालिएको छ।

थातथलो भत्काएर मलिक परिवारलाई बिस्थापित गराइए पछि श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीको करिव २ धुर जग्गामा दुई कोठाको टिनले छाएको घर बनाएर राखिएको छ। त्यही घरमा उनका दुई छोरा, दुई छोरी, एक बुहारी र दीपक श्रीमान्(श्रीमतीसहित सातजनाको परिवार बस्दै आएको थियो।

२५ वर्षदेखि मलिक परिवारको थातथलो रहेको स्थानमा जनता आवास कार्यक्रमबाट ५ वर्षअघि दुई कोठे पक्की भवन पालिकाले नै बनाइदिएको थियो। घर भत्काएर नयाँ ठाउँमा सारिदिएपछि पलिक परिवार विचल्लिमा परेका छन्। छाप्रो निर्माण भए पनि उनीसँग पानीको स्रोत छैन, बिजुली बलिरहेको छैन। अनिताले भनिन, ‘घर पनि हाम्रै काठ पात र थोत्रो जस्ता हालेर घर ठड्याइ दिएका छन्’।

दीपकका श्रीमती अनिता मलिकले भनिन, ‘वर्षौँदेखि बस्दै आएको ठाउँबाट अहिले यहाँ सरिदिएको छ। साना नानीहरूसहित यहाँ बसिरहेको छु। बिजुली छैन। पानी छैन। गाउँबाट पानी मागेर एक महिनादेखि गुजारा गरिरहेको छु। बिजुली नभएकाले दिउँसै खाना पकाएर खानुपर्ने बाध्यता छ। कष्टपूर्ण तवरले बाचिरहेको छु।’

पुनारनो वासस्थानबाट तिमीहरू हट्नु पर्छ भनेर गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्वर ५ का पूर्व वडाध्यक्ष दिलीप यादवले दबाब दिएको पीडित दीपककी पत्नी अनिता मलिकले बताइन्।

‘यज्ञ लगाउने नाममा हामीलाई त्यहाँबाट हट्नु पर्छ भनेका थिए। तर, हामी श्रीमान श्रीमती घरमा नभएको बेला डोजर लगाएर घर भत्काईयो। हामी निरीहले के प्रतिकार गर्न सक्नु’, उनले भनिन् ।

दीपक र अनिता मरिकका १७ वर्षीय छोरा अर्जुन र नवविवाहित बुहारी, १३ वर्षकी छोरी किरण कुमारी १० वर्षकी छोरी प्रीती र ८ वर्षय छोरा आकाश मरिकसहितको ७ जनाको परिवार छ ।

यसबारे पालिका अध्यक्ष शिवजी यादव मलिक परिवारको घर भत्काएको स्वीकार गरे। उनले भने, ‘त्यहाँ कृषि बजार लगाउन ३ करोडमा टेण्डर लागेको छ। चारैतर्फ पर्खाल लगाउनुछ । त्यसकारण भत्काएका हौँ ।’

यता विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि स्थलगत निरीक्षणमा पुगेका जिल्ला प्रहरी कार्यालय प्रमुख रमेश पण्डितले तत्काललाई महायज्ञ रोक्न निर्देशन दिएका छन् । उनले भने, ‘यो महायज्ञ विवादित भयो। तत्काललाई महायज्ञ रोक्न केन्द्रबाटै निर्देशन आएको छ।’

प्रहरी उपरीक्षक पण्डितका अनुसार बिहीबार दिउँसो घटनास्थल पुग्दा महायज्ञ आयोजक र गाउँपालिका अध्यक्ष पनि सम्पर्कमा आएनन् । प्रमु्ख जिल्ला अधिकारी वासुदेव दाहाल र प्रहरी उपरीक्षक पण्डित गाउँपालिका कार्यालय पनि पुगे । तर त्यहाँ पनि नभेटिएपछि भागेको थाहा भएको पण्डितले बताए ।

अहिले भागेका तीनै जनालाई सम्पर्कमा ल्याउन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदित्यनारायण कर्णलाई भनिएको पण्डितले बताएका छन् ।

महायज्ञका पुजारी बजरंगी बाबाले त्यो ठाउँ पवित्र गर्ने भन्दै जल छर्किएका थिए । यो सरासर छुवाछुतसम्बन्धी अपराध गरेको दलित अधिकारकर्मीहरू बताउँछन्।

यो प्रकरणका मुख्य योजनाकार बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

यो घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगले समेत घटनाको छानबिन गर्न अधिकारकर्मीहरूले माग गरेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ११ : ५९ बजे

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक

काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

गण्डकी– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा