सेवा सुविधामा विभेद गरेको भन्दै अपर तामाकोशीका कर्मचारी आन्दोलित « Khabarhub

सेवा सुविधामा विभेद गरेको भन्दै अपर तामाकोशीका कर्मचारी आन्दोलित


७ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको विगु गाउँपालिका-१ विगु लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना ( अपर तामाकोशी हाइड्रोपावर लिमिटेडमा) कार्यरत दोलखा जिल्लावासी स्थानीय कर्मचारीहरू आन्दोलित बनेका छन् ।

हाइड्रोपावरले दिँदै आएको सेवा सुविधामा विभेद गरेको भन्दै हाइड्रोपावरमा कार्यरत दोलखा जिल्लाका एक सय बढी कर्मचारीले सामूहिक आन्दोलन सुरु गरेका हुन् ।

उनीहरूले चैत १० गतेदेखि धर्ना दिने कम्पनीका दोलखा जिल्लावासी करार कर्मचारी संघर्ष समितिले बताएको छ।

कम्पनी व्यवस्थापनले विगत २ वर्षदेखि उपलब्ध गराउँदै आएको सेवा सुविधामा विभेद गरिएको भन्दै गत असोजमा पनि धर्ना दिएको थियो । 

तर, असोज ६ गते कम्पनी व्यवस्थापन र दोलखा जिल्लावासी कर्मचारीहरूद्वारा गठित संघर्ष समितिका प्रतिनिधिहरुबीच माघ मसान्तसम्ममा सबै कर्मचारीहरूको सेवा सुविधामा समानता कायम गर्ने द्विपक्षीय सहमति पछि धर्ना कार्यक्रम रोकिएको थियो।

सहमति कार्यान्वयनका लागि संघर्ष समितिले माघ १ गते संयुक्त स्मरण पत्र र पछिल्लो पटक फागुन २८ गते ताकेता पत्र पेश गरेको थियो।पटक पटक हाइड्रोपावरलाई जानकारी गराउँदा समेत कम्पनीले कुनै सुनुवाइ नगरेको भन्दै समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन थालेको हो ।

कम्पनीको व्यवस्थापन समितिले मुख्य प्रभावित जिल्लाका करार कर्मचारीलाई सेवा सुविधा र ज्यालामा समेत विभेद गर्ने गरेको पीडित कर्मचारीहरूको गुनासो रहेको छ ।

आफूहरूसँग गरिएको सेवा सुविधा सम्झौतालाई बेवास्ता गरी सहमति कार्यान्वयन नगरेकोले आगामी आइतबारदेखि पुनः धर्ना तथा विरोध सभा कार्यक्रम अघि सारेको हो ।

यससँगै समितिले कम्पनीको सवारी साधन सञ्चालनमा रोक लगाउने, गोंगरस्थित कार्यालयको कामकाज ठप्प पर्ने पनि विज्ञप्ति उल्लेख गरिएको छ ।

समितिले गोंगरस्थित पावर प्लान्ट सञ्चालनमा भने कुनै अवरोध नगर्ने समेत जनाएको छ।माथिल्लो तामाकोशी आयोजनाको प्रवर्द्धक अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले स्थानीय कर्मचारीलाई ५० प्रतिशत र बाहिरी जिल्लाका कर्मचारीलाई ७५ प्रतिशत अतिरिक्त भत्ता उपलब्ध गराउँदै आएको छ । 

सोही कारण उनीहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै आइतबारसम्म आफूहरूको माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

यता आयोजनाका प्रमुख मोहन गौतमले भने दोलखा जिल्लावासी कर्मचारीलाई आन्दोलनमा नजान अनुरोध गरेका छन्।पुरानो सम्झौता लाई हेरेर बोर्ड बैठकमा लैजाने र छलफल र वार्ताको माध्यम बाट देखिएका समस्या समाधान गर्ने प्रयास गरिने बताए ।

आयोजनामा कार्यरत झन्डै २०० जना करार कर्मचारीमध्ये दोलखाका १०१ जना कर्मचारीलाई उपलब्ध गराउने अतिरिक्त सुविधामा विभेद गरिएको भन्दै दोलखावासी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । -सुबास बस्नेत

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  १ : १६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया