सेवा सुविधामा विभेद गरेको भन्दै अपर तामाकोशीका कर्मचारी आन्दोलित « Khabarhub

सेवा सुविधामा विभेद गरेको भन्दै अपर तामाकोशीका कर्मचारी आन्दोलित


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको विगु गाउँपालिका-१ विगु लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना ( अपर तामाकोशी हाइड्रोपावर लिमिटेडमा) कार्यरत दोलखा जिल्लावासी स्थानीय कर्मचारीहरू आन्दोलित बनेका छन् ।

हाइड्रोपावरले दिँदै आएको सेवा सुविधामा विभेद गरेको भन्दै हाइड्रोपावरमा कार्यरत दोलखा जिल्लाका एक सय बढी कर्मचारीले सामूहिक आन्दोलन सुरु गरेका हुन् ।

उनीहरूले चैत १० गतेदेखि धर्ना दिने कम्पनीका दोलखा जिल्लावासी करार कर्मचारी संघर्ष समितिले बताएको छ।

कम्पनी व्यवस्थापनले विगत २ वर्षदेखि उपलब्ध गराउँदै आएको सेवा सुविधामा विभेद गरिएको भन्दै गत असोजमा पनि धर्ना दिएको थियो । 

तर, असोज ६ गते कम्पनी व्यवस्थापन र दोलखा जिल्लावासी कर्मचारीहरूद्वारा गठित संघर्ष समितिका प्रतिनिधिहरुबीच माघ मसान्तसम्ममा सबै कर्मचारीहरूको सेवा सुविधामा समानता कायम गर्ने द्विपक्षीय सहमति पछि धर्ना कार्यक्रम रोकिएको थियो।

सहमति कार्यान्वयनका लागि संघर्ष समितिले माघ १ गते संयुक्त स्मरण पत्र र पछिल्लो पटक फागुन २८ गते ताकेता पत्र पेश गरेको थियो।पटक पटक हाइड्रोपावरलाई जानकारी गराउँदा समेत कम्पनीले कुनै सुनुवाइ नगरेको भन्दै समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन थालेको हो ।

कम्पनीको व्यवस्थापन समितिले मुख्य प्रभावित जिल्लाका करार कर्मचारीलाई सेवा सुविधा र ज्यालामा समेत विभेद गर्ने गरेको पीडित कर्मचारीहरूको गुनासो रहेको छ ।

आफूहरूसँग गरिएको सेवा सुविधा सम्झौतालाई बेवास्ता गरी सहमति कार्यान्वयन नगरेकोले आगामी आइतबारदेखि पुनः धर्ना तथा विरोध सभा कार्यक्रम अघि सारेको हो ।

यससँगै समितिले कम्पनीको सवारी साधन सञ्चालनमा रोक लगाउने, गोंगरस्थित कार्यालयको कामकाज ठप्प पर्ने पनि विज्ञप्ति उल्लेख गरिएको छ ।

समितिले गोंगरस्थित पावर प्लान्ट सञ्चालनमा भने कुनै अवरोध नगर्ने समेत जनाएको छ।माथिल्लो तामाकोशी आयोजनाको प्रवर्द्धक अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले स्थानीय कर्मचारीलाई ५० प्रतिशत र बाहिरी जिल्लाका कर्मचारीलाई ७५ प्रतिशत अतिरिक्त भत्ता उपलब्ध गराउँदै आएको छ । 

सोही कारण उनीहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै आइतबारसम्म आफूहरूको माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

यता आयोजनाका प्रमुख मोहन गौतमले भने दोलखा जिल्लावासी कर्मचारीलाई आन्दोलनमा नजान अनुरोध गरेका छन्।पुरानो सम्झौता लाई हेरेर बोर्ड बैठकमा लैजाने र छलफल र वार्ताको माध्यम बाट देखिएका समस्या समाधान गर्ने प्रयास गरिने बताए ।

आयोजनामा कार्यरत झन्डै २०० जना करार कर्मचारीमध्ये दोलखाका १०१ जना कर्मचारीलाई उपलब्ध गराउने अतिरिक्त सुविधामा विभेद गरिएको भन्दै दोलखावासी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । -सुबास बस्नेत

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १ : १६ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको