मुस्ताङको जेरी गल्लीमा फिल्मका जेरी ‘अनमोल’लाई विशेष स्वागत « Khabarhub

मुस्ताङको जेरी गल्लीमा फिल्मका जेरी ‘अनमोल’लाई विशेष स्वागत


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसीको मुस्ताङसँग पूरानो सम्बन्ध छ । फिल्म ‘जेरी’ले उनलाई मुस्ताङसँग नजिक गराएको हो ।

वि.सं २०७१ सालमा अनमोल शीर्ष भूमिकामा रहेको फिल्म ‘जेरी’ प्रदर्शनमा आयो । यो फिल्मको छायाङ्कन मुस्ताङको विभिन्न स्थानमा भएको थियो ।

आन्तरिक पर्यटनको गन्तव्य मुस्ताङ बन्न यही फिल्मका समावेश त्यहाँका दृश्यहरू प्रमुखमध्येको एक बन्यो । त्यहीकारण त्यहाँका स्थानीयले दुम्बा ताललाई ‘जेरी लेक’ र मार्फा गाउँको एक गल्लीलाई ‘जेरी गल्ली’ नामकरण गरेका छन् ।

१० वर्षपछि जेरीको सिक्वेल ‘जेरी अन टप’को छायाङ्कन हुँदैछ । उनी त्यसको छायाङ्कनका क्रममा पुनः जेरी गल्ली पुगेका थिए ।

त्यहाँका स्थानीय अनमोललाई बाजागाजासहित स्वागत गरेका छन् । स्थानीयहरुले अनमोललाई फिल्मको शुभकामना र मायाको चिनो दिएका थिए ।

आफ्नो ठाउँको प्रचार गरेकामा उनीहरूले अनमोललाई धन्यवादसमेत दिए । अनमोलको साथमा ‘जेरी अन टप’की नायिका आँचल शर्मासमेत थिइन् ।

अनमोलले यो सम्मान र स्वागतले दश वर्ष पुरानो दिनलाई हिजो जस्तै महसुस गराएको बताइएका छन् । यस लागि उनले मुस्ताङवासीलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ३ : ०२ बजे

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्

संक्रमणकालीन न्यायको विषय अब टुङ्ग्याउनुपर्छ : मन्त्री गौतम

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लामो समयदेखि

दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड

काठमाडौं- नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा राष्ट्रिय

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता