एनपी साउदको तर्क- दुईतिहाइको सरकारले संविधान संशोधनका लागि पाइलै चाल्न सकेन « Khabarhub

एनपी साउदको तर्क- दुईतिहाइको सरकारले संविधान संशोधनका लागि पाइलै चाल्न सकेन


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाइको सरकारले सात बुँदे सहमतिमा उल्लेख गरिएको संविधान संशोधनका लागि एक पाइला पनि चाल्न नसकेको बताएका छन् ।

कांग्रेस मोरङ–काठमाडौं सम्पर्क समितिले शुक्रबार आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौतीहरू र नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रियामा उनले सत्तारुढ गठनबन्धका तर्फबाट पनि संविधानका एजेन्डाहरू बाहिर ल्याउने काम गर्न नसकिएको बताए । 

‘आज संविधान संशोधनको बाटोमा पनि दुईतिहाइको सरकारले पहिलो पाइला पनि चाल्न सकेको छैन,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने, ‘सत्तारुढ गठबन्धनकै तर्फबाट पनि संविधानका केही एजेन्डाहरू बाहिर ल्याउने काम हामीले गर्न सकेका छैनौँ ।’ 

सरकार गठनका बेला कांग्रेस–एमालेले सात बुँदे सहमति पत्रमा काइते शैलीमा संविधान संशोधन उल्लेख गरेको पनि टिप्पणी गरे ।
 
‘कानुनी भाषामा अलिअलि काइते भन्ने शब्द प्रयोग गरिन्छ । त्यही काइते शब्दावलीमा सात बुँदेको २ नम्बरमा लेखिएको थियो– संविधानका सफल पक्षहरूलाई बलियो बनाउने, र कमीकमजोरीलाई हटाउने भनेर लेखिएको थियो,’ साउदले भने, ‘एजेन्डा खोलिएको थिएन । शासकीय स्वरूपका बारेमा एजेन्डा खोलिएको थिएन ।समानुपातिकका बारेमा एजेन्डा खोलिएको थिएन । अन्य कुराका बारेमा पनि एजेन्डा खोलिएको थिएन । त्यसलाई अमूर्त रूपमा मात्रै प्रवेश दिएर प्रतिबद्धता व्यक्त गरिएको अवस्था थियो ।’

साउदले कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमति विस्तार–बिस्तारै विस्मरणमा जान लागेको पनि टिप्पणी गरे । ‘सात बुँदे सहमति गरेका छौँ । सात बुँदे सहमतिका आधारमा सरकार सञ्चालन गर्ने भनिसकेपछि त्यो सात बुँदेका महत्त्वपूर्ण बुँदाहरू पनि अहिले बिस्तारै विस्मरणमा जान थालेको अनुभव भइराखेको छ,’ उनले भने ।

नेता साउदले दुईतिहाइको सरकारले मुलुकलाई दिने सुशासनको ढाँचाका बारेमा पनि नागरिकले अहिले पनि हेर्न सकेको अवस्था नरहेको पनि बताए । ‘हामीले सुशासनका कुरा गरिराखेका थियौँ,’ उनले भने, ‘दुईतिहाइको सरकारले मुलुकलाई दिने सुशासनको यो ढाँचा छ भनेर अहिले पनि जनताले हेर्न सकेको अवस्था छैन ।’

नेता साउदले गत निर्वाचनमा पार्टीले जारी गरेको चुनावी घोषणा पत्र दराजमा थन्काइएको टिप्पणी पनि गरे । ‘हामीले गएको निर्वाचनमा जुन घोषणा पत्र जारी गरेर जनताका अगाडि प्रतिबद्धता व्यक्त गरेर पहिलो राजनीतिक पार्टीको रूपमा आफूलाई प्रस्तुत गरेका थियौँ,’ उनले भने, ‘अहिले त्यो घोषणा पत्र पनि कता–कता दराजमा थन्कियो कि भन्ने आशंका पैदा भएको छ ।’

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ४ : ४७ बजे

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी