एनपी साउदको तर्क- दुईतिहाइको सरकारले संविधान संशोधनका लागि पाइलै चाल्न सकेन | Khabarhub Khabarhub

एनपी साउदको तर्क- दुईतिहाइको सरकारले संविधान संशोधनका लागि पाइलै चाल्न सकेन


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाइको सरकारले सात बुँदे सहमतिमा उल्लेख गरिएको संविधान संशोधनका लागि एक पाइला पनि चाल्न नसकेको बताएका छन् ।

कांग्रेस मोरङ–काठमाडौं सम्पर्क समितिले शुक्रबार आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौतीहरू र नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रियामा उनले सत्तारुढ गठनबन्धका तर्फबाट पनि संविधानका एजेन्डाहरू बाहिर ल्याउने काम गर्न नसकिएको बताए । 

‘आज संविधान संशोधनको बाटोमा पनि दुईतिहाइको सरकारले पहिलो पाइला पनि चाल्न सकेको छैन,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने, ‘सत्तारुढ गठबन्धनकै तर्फबाट पनि संविधानका केही एजेन्डाहरू बाहिर ल्याउने काम हामीले गर्न सकेका छैनौँ ।’ 

सरकार गठनका बेला कांग्रेस–एमालेले सात बुँदे सहमति पत्रमा काइते शैलीमा संविधान संशोधन उल्लेख गरेको पनि टिप्पणी गरे ।
 
‘कानुनी भाषामा अलिअलि काइते भन्ने शब्द प्रयोग गरिन्छ । त्यही काइते शब्दावलीमा सात बुँदेको २ नम्बरमा लेखिएको थियो– संविधानका सफल पक्षहरूलाई बलियो बनाउने, र कमीकमजोरीलाई हटाउने भनेर लेखिएको थियो,’ साउदले भने, ‘एजेन्डा खोलिएको थिएन । शासकीय स्वरूपका बारेमा एजेन्डा खोलिएको थिएन ।समानुपातिकका बारेमा एजेन्डा खोलिएको थिएन । अन्य कुराका बारेमा पनि एजेन्डा खोलिएको थिएन । त्यसलाई अमूर्त रूपमा मात्रै प्रवेश दिएर प्रतिबद्धता व्यक्त गरिएको अवस्था थियो ।’

साउदले कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमति विस्तार–बिस्तारै विस्मरणमा जान लागेको पनि टिप्पणी गरे । ‘सात बुँदे सहमति गरेका छौँ । सात बुँदे सहमतिका आधारमा सरकार सञ्चालन गर्ने भनिसकेपछि त्यो सात बुँदेका महत्त्वपूर्ण बुँदाहरू पनि अहिले बिस्तारै विस्मरणमा जान थालेको अनुभव भइराखेको छ,’ उनले भने ।

नेता साउदले दुईतिहाइको सरकारले मुलुकलाई दिने सुशासनको ढाँचाका बारेमा पनि नागरिकले अहिले पनि हेर्न सकेको अवस्था नरहेको पनि बताए । ‘हामीले सुशासनका कुरा गरिराखेका थियौँ,’ उनले भने, ‘दुईतिहाइको सरकारले मुलुकलाई दिने सुशासनको यो ढाँचा छ भनेर अहिले पनि जनताले हेर्न सकेको अवस्था छैन ।’

नेता साउदले गत निर्वाचनमा पार्टीले जारी गरेको चुनावी घोषणा पत्र दराजमा थन्काइएको टिप्पणी पनि गरे । ‘हामीले गएको निर्वाचनमा जुन घोषणा पत्र जारी गरेर जनताका अगाडि प्रतिबद्धता व्यक्त गरेर पहिलो राजनीतिक पार्टीको रूपमा आफूलाई प्रस्तुत गरेका थियौँ,’ उनले भने, ‘अहिले त्यो घोषणा पत्र पनि कता–कता दराजमा थन्कियो कि भन्ने आशंका पैदा भएको छ ।’

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ४ : ४७ बजे

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

काठमाडौं – अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्याधीश कार्कीबीच भेटवार्ता हुँदै

काठमाडौँ- अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति

शीर्ष दलका युवा नेताले भने : संविधान सम्मत ढंगले अन्तरिम सकार गठन गरियोस्

काठमाडौं – हालैको जेन–जी आन्दोलनमा निहत्ता युवामाथि गोली प्रहार गरी

हालसम्म एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार

काठमाडौं – जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार

जेन-जी आपसी विवादमा अल्झिँदा सडकमा दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वपलाई लिएर विवाद बढ्न थालेपछि