सार्वजनिक निकायमा स्वदेशी बस्तुको उपयोग अनिवार्य गर्छौँ : उद्योगमन्त्री « Khabarhub

सार्वजनिक निकायमा स्वदेशी बस्तुको उपयोग अनिवार्य गर्छौँ : उद्योगमन्त्री


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीव्र औद्योगीकरणबाट मात्रै रोजगारी सृजना र अर्थतन्त्र सुधार गर्न सकिने बताएका छन् ।

आज काठमाडौंमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले औद्योगिक क्षेत्रको सुधार तथा विकास मन्त्रालयको प्राथमिकतामा रहेको बताएका हुन् ।

आर्थिक तथा सामाजिक विकासका लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्रको रूपमा अपार सम्भावना बोकेको उद्योग र व्यवसाय क्षेत्रको विकास बिना देशको अर्थतन्त्र सुधार गर्न नसकिने धारणा व्यक्त गर्दै समग्र औद्योगिक क्षेत्रको प्रवर्धन तथा नीतिगत सुधार मार्फत ‘समृद्ध नेपाल: सुखी नेपाली’ को राष्ट्रिय आंकाक्षा पुरा गर्ने दिशामा सरकारले लागिपरेको उनले बताए ।

उनले भने, ‘निजी क्षेत्रका उद्योग, व्यवसायको विकासका लागि महत्त्वपूर्ण कार्यक्रमहरू नेपाल सरकारको वार्षिक कार्यक्रममा समावेश भई कार्यान्वयनमा रहेका छन्, वर्तमान सरकार उद्योग तथा व्यवसायको विकासका लागि तदारुखताका साथ कार्य गरी आर्थिक क्षेत्रलाई सङ्कटमुक्त गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वदेशी उद्योगको संरक्षण तथा निर्यात प्रवर्धन र आयात व्यवस्थापन गरी नेपालको अर्थतन्त्रलाई सबलीकरण गर्ने दिशामा सरकार प्रतिबद्ध छ।’

सरकारले स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक ईन नेपाल’ अभियान सञ्चालन गर्ने दिशामा ‘सार्वजनिक निकायमा स्वदेशी बस्तुको उपयोग सम्बन्धी निर्देशिका २०८१’ जारी गरी कार्यान्वयनको चरणमा रहेको उल्लेख गरे । स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी उत्पादनको उपयोगलाई अनिवार्य गर्ने कुरामा मन्त्री भण्डारीले जोड दिएका छन् ।

स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने गरी छुट, सहुलियत, प्रोत्साहन लगायतका कार्यक्रमहरू सञ्चालन गरिएको बताउँदै उनले मुलुकमा औद्योगिक लगानीको वातावरण सुधार गरी लगानीमैत्री वातावरण बनाउन, स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानी आकर्षित गर्न, उत्पादन र उत्पादकत्व बढाउँदै रोजगारी सिर्जना तथा आयात व्यवस्थापन र निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न विभिन्न नीतिगत एवं कानुनी सुधारका साथै व्यवसायमैत्री हुने गरी प्रक्रियागत सरलीकरण गरिएको समेत जानकारी दिए ।

यस वर्ष नेपाल सरकारले लगानीको वातावरण सुधार र औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न जारी भएका अध्यादेश लगायतका कानुनी र नीतिगत व्यवस्था मार्फत औद्योगिक वातावरणलाई सहजीकरण गरेको मन्त्री भण्डारीको भनाई छ । यसबाट निजी क्षेत्रको समग्र मनोबल उच्च भएको उनको दाबी रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ५ : ५२ बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर