प्रमुख सचेतक घिमिरेबारे मिनेन्द्रको प्रश्न : कांग्रेसले कस्तो व्यक्तिलाई जिम्मेवारी दिएछ ?  « Khabarhub

प्रमुख सचेतक घिमिरेबारे मिनेन्द्रको प्रश्न : कांग्रेसले कस्तो व्यक्तिलाई जिम्मेवारी दिएछ ? 


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संघीय संसद्‍मा पार्टीका प्रमुख सचेतक श्याम घिमिरेबारे प्रश्न उठाएका छन् ।

पार्टीले प्रमुख सचेतक छान्दा ध्यान नदिएको भन्दै घिमिरेको भूमिका र संसद्मा केही दिनअघि गरेको टिप्पणीबारे उनले प्रश्न उठाउका हुन् ।

घिमिरेले ३ चैतमा बसेको प्रतिनिधिसभाको बैठकमा नेपालमा पर्यटकको सङ्ख्या वृद्धि गर्न यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएका थिए ।

कांग्रेस नेता डा. रिजालले शुक्रबार मोरङ–काठमाडौं सम्पर्क समितिले बत्तिसपुतलीमा गरेको कार्यक्रममा घिमिरेको भनाइको विरोध गर्दै यस्तो बताएका हुन् । घिमिरेले विवादित भनाइलाई लिएर यही बुधबारको प्रतिनिधि सभा बैठकमा माफीसमेत मागिसकेका छन् ।

रिजालले कार्यक्रममा भने, ‘सांसदले बोल्न पाइन्छ, तर बोल्दा कसरी बोल्ने विचार पुर्‍याउनुपर्छ । त्यस्ता कुरा त कांग्रेसको प्रमुख सचेतक पदबाट बिदा लिएर बोले हुन्थ्यो नि !’

उनले बोल्ने अनि विरोध भएपछि माफी माग्दै हिँड्ने बाटोमा जान नहुने तर्क पनि गरे । ‘कांग्रेसले कस्तो व्यक्तिलाई प्रमुख सचेतक छानेएको रहेछ ?’, रिजालले गुनासोसहित भने, ‘छानिएको प्रमुख सचेतकले कांग्रेसको काम बलियोसँग सम्पादन गर्न सक्छ कि सक्दैन भनेर नेतृत्वले सोच्नु पर्दैन?  मसँग नजिक छन् भनेर जोगाउने?’

डा. रिजालले नेताहरूले बोल्दा विचार पुर्‍याउनुपर्नेसमेत बताएका छन् । नेतृत्वको नजिक हुँदैमा जोगाउने चलन ठिक नभएको तर्क रिजालले कार्यक्रममा गरेका छन् ।

गत चैत ३ को प्रतिनिधिसभामा समय लिएर बोल्दै घिमिरेले संसारमा सबैभन्दा बढी पर्यटक मनोरञ्जन क्षेत्रको हुने भन्दै देशको आर्थिक विकासका लागि यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने बताएका थिए ।

‘निश्चित ठाउँहरू तोकेर मदिराका लागि छुट्टै, मनोरञ्जनका लागि छुट्टै, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ, जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउँछ, धार्मिक पर्यटकहरूले खर्च कम गर्छन्’, उनले भनेका थिए, ‘एडभेञ्चरको पर्यटक थोरै मात्रामा हुन्छन्, सबैभन्दा बढी पर्यटक संसारमै हुने भनेको मनोरञ्जनका पर्यटक हो, त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकको आर्थिक विकास हुन्छ, त्यो कुरा उठाइदिएको भए क्या काइदा हुने थियो विपक्षले ।’

त्यसपछि फागुन ६ मा उनले संसद्मै माफी मागे । उक्त विवादित भनाइ आफूले प्रतिनिधित्व गरेको कांग्रेस  र संसदीय दलको नभएको बताएका उनले त्यसलाई आफ्नो व्यक्तिगत धारणा भएको स्पष्ट पारेका थिए । ।

‘मेरा विचारले ‘सम्मानित संसद्का सदस्य र अन्य जनसमुदायमा केही नकारात्मक प्रभाव परेको भए उहाँहरूको सम्मान गर्दै क्षमा याचना गर्न चाहन्छु’, सांसद घिमिरेले भनेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ६ : २८ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप