नाउपा बैठक : पहिलो दिन २० केन्द्रीय सदस्यले बोले, बहुमत जनमतसँग एकताको पक्षमा   « Khabarhub

नाउपा बैठक : पहिलो दिन २० केन्द्रीय सदस्यले बोले, बहुमत जनमतसँग एकताको पक्षमा  


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठकको पहिलो दिनमा २० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । १ सय जना केन्द्रीय सदस्यले धारणा राख्ने र निर्णयमा पुग्ने उक्त बैठक उद्घाटन सत्रपछि २० जनाले धारणा राखेर आजको बैठक सकिएको छ । बैठक भोलि पुनः जारी रहने सांसद गंगाराम चौधरीको भनाइ छ । 

चौधरीका अनुसार डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि २० सदस्यमध्ये १५ भन्दा बढीले एकताको पक्षमा धारणा राखेका छन् । 

‘अध्यक्ष ज्यू पनि एकताको विपक्षमा हुनुहुन्छ जस्तो लाग्दैन । आज पनि १५ जनाभन्दा धेरै सदस्यले एकताको पक्षमा बोल्नुभयो ।’ चौधरीले खबरहबलाई भने, ‘भोलिको बैठकमा थप सदस्यले बोलेपछि निर्णय हुन्छ ।’ 

नाउपा संरक्षक रेशम चौधरी एकताको पक्षमा रहे पनि अध्यक्ष रन्जिता श्रेष्ठ त्यसको पक्षमा नभएको देखिएको थियो । तर केन्द्रीय समितिमा बहुमत सदस्यले निर्णय गर्ने भन्दै बैठक डाकिएको हो । 

दुई दिनसम्म चल्ने बैठकमा नागरिक उन्मुक्तिका संस्थापक एवम् संरक्षक रेशम चौधरी पनि सहभागी छन् । 

बैठकले नाउपाले जनमत अध्यक्षमा डा।राउतलाई नै स्विकार्दै जाने या नजाने भन्ने पनि निर्णय गर्ने छ । 

उता जनमतले भने यसअघि नै नाउपासँग एकतामा जाने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ७ : ०२ बजे

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै