शनिबारदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ हुने « Khabarhub

शनिबारदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ हुने


७ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ हुने भएको छ ।

आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा जल सम्बद्ध सङ्घसंस्थाको सहकार्यमा चैत ९ र १० गते पहिलो पटक राष्ट्रिय पानी सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।

आयोगका सचिव मधुप्रसाद भेटुवालले सरकारले पानीलाई उच्च प्राथमिकतामा राखेर विभिन्न गुरुयोजना निर्माण गरिरहेको बताए । उनले बढीभन्दा बढी जनताले लाभ पाउने गरी मन्त्रालयले पानीका क्षेत्रमा योजना बनाइरहेको बताए । 

सचिव भेटुवालले नेपालका २१ वटा हिमताल विस्फोटको जोखिममा रहेको भन्दै ती हिमताललाई संरक्षण गर्न आयोग लागिरहेको जानकारी दिए । उनले पानीको उचित प्रयोगका लागि राष्ट्रिय जलस्रोत नीति, २०७७ ल्याइएको र जलस्रोत विधेयक संसद्मा विचाराधीन अवस्थामा रहेको बताए ।

राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घका अध्यक्ष शम्भुप्रसाद दुलालले पानीसम्बन्धी सरकारका नीति तथा कार्यक्रमलाई व्यवस्थित बनाएर पानीको उपयोगका लागि महासङ्घले काम गर्दै आएको बताए । उनले नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव पर्दा हिमतालहरू विस्फोटबाट क्षति हुने गरेको भन्दै यसको व्यावहारिक समाधानका लागि यस्ता सम्मेलनले सहयोग पुग्ने बताए ।

जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालमा विसं २०६५ सालदेखि जल तथा मौसम सप्ताह मनाउँदै आए पनि यो वर्षदेखि ‘नेपाल राष्ट्रिय हिमनदी जल तथा मौसम सप्ताह’ मनाउन थालिएको छ ।

नेपालको आर्थिक तथा सामाजिक विकासमा जलस्रोतको प्रमुख भूमिका रहेको सन्दर्भमा जलस्रोत संरक्षण, उपयोग, दिगो विकास एवं व्यवस्थापनका लागि नीतिगत छलफल र बहस, जनचेतना अभिवृद्धि, प्राविधिक क्षमता विकास एवं जलस्रोतको एकीकृत उपयोगका लागि विसं २०७० चैत ६ गतेको निर्णयअनुसार विश्व पानी दिवस मनाउँदै आए पनि सम्मेलन भने पहिलो पटक गर्न लागिएको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता कलानिधि पौड्यालले दुई दिनसम्म चल्ने सम्मेलनमा पानीको बहुउपयोग, यसको महत्त्व, स्रोत संरक्षण, दिगो उपयोगका लागि गरिएका असल अभ्यास एवं चुनौतीलगायत विषयमा गहन छलफल हुने बताए ।

सम्मेलनमा एकीकृत जलस्रोत व्यवस्थापन, जल सुशासन, खानेपानी, सरसफाइ, जलविद्युत्, सिँचाइजस्ता क्षेत्रमा जलस्रोतको उपयोगमा रहेका चुनौती र सिकाइका असल अभ्यास तथा पानी सम्बद्ध विविध विषयमा प्रस्तुतीकरण र नीतिगत छलफल हुने प्रवक्ता पौड्यालले बताए । उक्त सम्मेलनमा १० ‘सेसन’मा विधागत छलफल हुनेछन् । 

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ७ : १४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया