शनिबारदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ हुने | Khabarhub Khabarhub

शनिबारदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ हुने


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ हुने भएको छ ।

आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा जल सम्बद्ध सङ्घसंस्थाको सहकार्यमा चैत ९ र १० गते पहिलो पटक राष्ट्रिय पानी सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।

आयोगका सचिव मधुप्रसाद भेटुवालले सरकारले पानीलाई उच्च प्राथमिकतामा राखेर विभिन्न गुरुयोजना निर्माण गरिरहेको बताए । उनले बढीभन्दा बढी जनताले लाभ पाउने गरी मन्त्रालयले पानीका क्षेत्रमा योजना बनाइरहेको बताए । 

सचिव भेटुवालले नेपालका २१ वटा हिमताल विस्फोटको जोखिममा रहेको भन्दै ती हिमताललाई संरक्षण गर्न आयोग लागिरहेको जानकारी दिए । उनले पानीको उचित प्रयोगका लागि राष्ट्रिय जलस्रोत नीति, २०७७ ल्याइएको र जलस्रोत विधेयक संसद्मा विचाराधीन अवस्थामा रहेको बताए ।

राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घका अध्यक्ष शम्भुप्रसाद दुलालले पानीसम्बन्धी सरकारका नीति तथा कार्यक्रमलाई व्यवस्थित बनाएर पानीको उपयोगका लागि महासङ्घले काम गर्दै आएको बताए । उनले नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव पर्दा हिमतालहरू विस्फोटबाट क्षति हुने गरेको भन्दै यसको व्यावहारिक समाधानका लागि यस्ता सम्मेलनले सहयोग पुग्ने बताए ।

जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालमा विसं २०६५ सालदेखि जल तथा मौसम सप्ताह मनाउँदै आए पनि यो वर्षदेखि ‘नेपाल राष्ट्रिय हिमनदी जल तथा मौसम सप्ताह’ मनाउन थालिएको छ ।

नेपालको आर्थिक तथा सामाजिक विकासमा जलस्रोतको प्रमुख भूमिका रहेको सन्दर्भमा जलस्रोत संरक्षण, उपयोग, दिगो विकास एवं व्यवस्थापनका लागि नीतिगत छलफल र बहस, जनचेतना अभिवृद्धि, प्राविधिक क्षमता विकास एवं जलस्रोतको एकीकृत उपयोगका लागि विसं २०७० चैत ६ गतेको निर्णयअनुसार विश्व पानी दिवस मनाउँदै आए पनि सम्मेलन भने पहिलो पटक गर्न लागिएको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता कलानिधि पौड्यालले दुई दिनसम्म चल्ने सम्मेलनमा पानीको बहुउपयोग, यसको महत्त्व, स्रोत संरक्षण, दिगो उपयोगका लागि गरिएका असल अभ्यास एवं चुनौतीलगायत विषयमा गहन छलफल हुने बताए ।

सम्मेलनमा एकीकृत जलस्रोत व्यवस्थापन, जल सुशासन, खानेपानी, सरसफाइ, जलविद्युत्, सिँचाइजस्ता क्षेत्रमा जलस्रोतको उपयोगमा रहेका चुनौती र सिकाइका असल अभ्यास तथा पानी सम्बद्ध विविध विषयमा प्रस्तुतीकरण र नीतिगत छलफल हुने प्रवक्ता पौड्यालले बताए । उक्त सम्मेलनमा १० ‘सेसन’मा विधागत छलफल हुनेछन् । 

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ७ : १४ बजे

सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ सञ्चालनमा आउन सकेनन्

सिरहा – जिल्लामा सिँचाइका लागि गाडिएका चार सय ३३ वटा

चीनको अन्तरिक्ष यात्रामा ‘लिजियन–१’ को ऐतिहासिक सफलता

एजेन्सी – चीनले मंगलबार ‘लिजियन–१ वाई १०’ नामक प्रक्षेपण यान

अन्तिमसम्म कोसिस गर्दा पनि विद्यालाई मोरङमा छेक्न सकेन ओली पक्षले

काठमाडौं – विराटनगरस्थित उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुन सोमबार कोशी

आर्थिक वर्षको पहिलो महिनामा २४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको औद्योगिक क्षेत्रमा

सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुँदैन : महासचिव पोखरेल

सिन्धुपाल्चोक– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको