रेलवे स्टेशनको छत भत्किँदा सर्बियामा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो « Khabarhub

रेलवे स्टेशनको छत भत्किँदा सर्बियामा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बेल्ग्रेड– सर्बियामा रेलवे स्टेशनको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । शुक्रबार एक घाइते किशोरको मृत्यु भएपछि घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

गत वर्ष नोभेम्बरमा नोभी सादमा भएको त्रासदीमा ती बालक गम्भीर घाइते भएका थिए । उनको राजधानी बेलग्रेडको सैन्य अस्पतालमा उपचार भइरहेको थियो ।

सबै उपायहरू अपनाइएका र हाम्रा कर्मचारीहरूको पूर्ण समर्पणको बाबजुद, बिरामी जटिल चोटपटक र सम्बन्धित जटिलताहरूको कारण मृत्यु भयो,’ अस्पतालले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

अस्पतालले भनेको छ,’हामी परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

उनको मृत्युको खबर फैलिने बित्तिकै उनले पढ्ने नोभी स्याड स्कुल अफ इकोनोमिक्सको भवनमा कालो झण्डा फहराइएको थियो । शोक मनाउनेहरूले फूल चढाएका र मैनबत्ती बालेका थिए ।

‘तिमी सधैँ हाम्रा हाम्रा सम्झना र हाम्रा हृदयहरूको हिस्सा रहनेछौ,’ विद्यार्थीहरूले स्कुल बाहिर छोडेको एउटा ब्यानरमा लेखिएको थियो ।

नोभेम्बर १ मा नोभी साड स्टेशनको कङ्क्रीटको छाना भत्किँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । पीडितहरू छ देखि ७४ वर्ष उमेरका थिए ।

अन्य तीन जना घाइते भए, जसमध्ये एकको दुई हप्ता पछि मृत्यु भयो ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ७ : १८ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा