प्रधानमन्त्री कप क्रिकेटः सशस्त्र प्रहरी र कर्णाली प्रदेशको जित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेटः सशस्त्र प्रहरी र कर्णाली प्रदेशको जित


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

रूपन्देही – जिल्लामा जारी एकदिवसीय प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी र कर्णाली प्रदेशले जित निकालेका छन् । सशस्त्र प्रहरीले सुदूरपश्चिमलाई तीन विकेटले पराजित गरेको छभने कर्णालीले मधेस प्रदेशलाई ८१ रनको अन्तरले पराजित गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा एक सय ९२ रनको लक्ष्यसहित मैदान छिरेको सशस्त्र प्रहरी ३६ दशमलव तीन ओभरमा सात विकेट गुमाउँदै उक्त लक्ष्य हासिल गरेको थियो । सशस्त्रका लागि सन्दीप जोराले ५१ रन, आसिफ शेषले ३२ र लोकेश बमले १९ रन बनाए । बलिङमा सुदूरपश्चिमका शेर मल्ल, विकास अग्री र नारायण जोशीले समान दुईरदुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ९१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले अर्धशतकीय पारी खेल्दै ५७ रन बनाए । यस्तै प्रकाश पाण्डेले ४२ रन र किरण ठगुन्नाले १२ रन बनाए ।

बलिङमा सशस्त्र प्रहरीका रोहित पौडेल र अमर रौटेलाले समान तीन–तीन विकेट लिँदा भुवन कार्कीले दुई विकेट र अभिषेक गौतमले एक विकेट लिए । यससँगै सशस्त्र प्रहरी छ खेलमा चारमा जित, दुईमा हारसहित आठ अङ्क लिएर प्रतियोगिताको तेस्रो स्थानमा उक्लेको छभने सात खेल खेलेको सुदूरपश्चिम दुईवटा मात्र खेल जितेर चार अङ्कका साथ सातौँ स्थानमा झरेको छ ।

आजै सम्पन्न अर्को खेलमा कर्णालीले मधेस प्रदेशलाई ८१ रनले पराजित गरेको छ । रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा दुई सय २१ रन पछ्याएको मधेस प्रदेश ३५ दशमलव दुई ओभरमा आफ्ना सबै विकेट गुमाउँदै एक सय ३९ रनमा सीमित भएको थियो । मधेसका लागि रुपेश सिंहले ३०, विशाल पटेलले २५, हरिशङ्कर साहले १८ र शैलेन्द्र साहले १० रन बनाएका थिए ।

बलिङमा कर्णाली प्रदेशका दिनेश अधिकारीले चार र दिपेन्द्र रावतले तीन विकेट लिए भने प्रकाश जैसीले दुई र सुनिल धमलाले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै कर्णालीले ४९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई सय २० रन बनाएको थियो । कर्णालीका लागि दिपेन्द्र रावतले ६१ रन बनाए । यसैगरी अर्जुन घर्तीले २६, दिनेश अधिकारीले २४, प्रकाश जैसीले २० रन बनाए ।

बलिङमा मधेस प्रदेशका रुपेश सिंह, रञ्जित कुमार, हरिशङ्कर साह, कमल गुप्ता र अनिल साहले समान दुईरदुई विकेट लिए । सात खेल खेलेको कर्णाली चार जितसहित आठ अङ्क जोडेको छभने छ खेल खेलेको मधेसले दुई खेलमा मात्र जित निकाल्दै चार अङ्क प्राप्त गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ८ : ४३ बजे

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी