मिनीट्रकभित्र च्यापिएर एकको मृत्यु, एकजना घाइते « Khabarhub

मिनीट्रकभित्र च्यापिएर एकको मृत्यु, एकजना घाइते


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

रुकुमपश्चिम – रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ मा मिनीट्रकभित्र च्यापिएर एकजना मजदुरको मृत्यु भएको छभने एकजना घाइते भएका छन् ।

आज दिउँसो मार्बल र सिमेन्ट बोकेको मिनीट्रकले च्यापिएर ट्रकमा बसेका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २४ वर्षीय देवचन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनका अनुसार त्रिपुरासुन्दरी–६ का २१ वर्षीय मन्दिर सार्की घाइते भएका छन् ।

“लुम्बनी प्रदेश०३–००१क ००२७ नम्बरको मिनीट्रकको पछाडि भागमा मार्बलसँगै देवचन्द्र र मन्दिर बसेका थिए । उकालो मोडमा मार्बल बाँधेको डोरी चुडिएपछि बीचमा बसेका दुई मजदुर च्यापिएका हुन्”, प्रहरी निरीक्षक पाठकले भने। उनका अनुसार देवचन्द्रको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेका छन् भने मन्दिरको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

घटनापश्चात प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको छभने चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का विकास सुनार फरार रहेका प्रहरी निरीक्षक पाठकले जानकारी दिए। चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १० : १३ बजे

शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित

काठमाडौं – प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’

माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत फेला

रोम – माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको