मिनीट्रकभित्र च्यापिएर एकको मृत्यु, एकजना घाइते | Khabarhub Khabarhub

मिनीट्रकभित्र च्यापिएर एकको मृत्यु, एकजना घाइते


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

रुकुमपश्चिम – रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ मा मिनीट्रकभित्र च्यापिएर एकजना मजदुरको मृत्यु भएको छभने एकजना घाइते भएका छन् ।

आज दिउँसो मार्बल र सिमेन्ट बोकेको मिनीट्रकले च्यापिएर ट्रकमा बसेका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २४ वर्षीय देवचन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनका अनुसार त्रिपुरासुन्दरी–६ का २१ वर्षीय मन्दिर सार्की घाइते भएका छन् ।

“लुम्बनी प्रदेश०३–००१क ००२७ नम्बरको मिनीट्रकको पछाडि भागमा मार्बलसँगै देवचन्द्र र मन्दिर बसेका थिए । उकालो मोडमा मार्बल बाँधेको डोरी चुडिएपछि बीचमा बसेका दुई मजदुर च्यापिएका हुन्”, प्रहरी निरीक्षक पाठकले भने। उनका अनुसार देवचन्द्रको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेका छन् भने मन्दिरको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

घटनापश्चात प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको छभने चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का विकास सुनार फरार रहेका प्रहरी निरीक्षक पाठकले जानकारी दिए। चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १० : १३ बजे

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज

रास्वपाले अघि सार्‍यो तीनबुँदे तात्कालिक प्रस्ताव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको वर्तमान राजनीतिक संकट

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय

अन्तरिम सरकारमा सामेल हुनेबारे कुनै निर्णय भएको छैन : डीपी अर्याल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले आफूहरू अन्तरिम