कुन बेला कस्तो सनग्लास लगाउने ? « Khabarhub

कुन बेला कस्तो सनग्लास लगाउने ?


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धुलो धुवाँ, घामको किरणबाट जोगिनसँगै स्टाइलिस देखिन पनि धेरैले सनग्लास लगाउँछन् ।

गर्मी याममा सूर्यको किरणबाट जोगिन धेरैले सनग्लास लगाउने गरेका छन् । गर्मीमा सनग्लास फेसन मात्र होइन, आँखाको स्वास्थ्यको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।

घाममा आँखाको सीधा सम्पर्क नहोस् भन्नका लागि सनग्लास चाहिने भएकाले चिकित्सकहरु अल्ट्राभ्वाइलेट रे प्रोटेक्सन भएका ग्लास मात्रै किन्न सुझाव दिन्छन् ।

चर्को घाममा हिँड्दा कालो र ग्रे कलरको सनग्लास लगाउनु उपयुक्त हुन्छ । यी कलरले ब्राइटनेस र ग्लेयरबाट जोगाउँछ ।

त्यस्तै, बादल लागेको वा हल्का अँध्यारो भएको दिनमा ब्राउन वा एम्बर कलर राम्रो हुन्छ । यसले कन्ट्रास्ट बढाउँछ । फिसिङ, हाइकिङ, साइक्लिङमा जानेले यो ग्लास लगाउनु राम्रो हुन्छ ।

लो लाइट कन्डिसन अर्थात् घाम मज्जाले नलागेको समयमा एल्लो र अरेन्ज कलर पनि राम्रो मानिन्छ । इन्डोर स्पोर्टस्का लागि यो ग्लास राम्रो हुन्छ । हिउँ खेल्न जानेले पनि यी कलरका ग्लास लगाउन राम्रो हुन्छ ।

ब्लु लाइट र ग्लेयरबाट बचाउन ग्रिन कलर उपयुक्त मानिन्छ । गल्फ, बेसबल, टेनिस खेल्नेले यस्तो कलरको ग्लास छान्ने गरेका छन् ।

रोज र रेड टिन्ट लगाएर ड्राइभिङ गर्दा भिजिबिलिटी राम्रो देखिन्छ । कम्प्युटरबाट आउने हानिकारक ब्लु लाइटलाई कम गर्न यसले सहयोग गर्ने भएकाले कम्प्युटर चलाइराख्नेका लागि पनि यो ठीक हुन्छ ।

सबै कलरका सनग्लासलाई पोलोराइज्ड गर्न, युभी प्रोटेक्सन गर्न र पावर हाल्न पनि मिल्छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : १४ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि