एम्बाप्पेको अनुपस्थितिमा रियल म्याड्रिडको जित : इन्जुरी समयमा निर्णायक गोल « Khabarhub

एम्बाप्पेको अनुपस्थितिमा रियल म्याड्रिडको जित : इन्जुरी समयमा निर्णायक गोल


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियल म्याड्रिडले यस सिजनको स्पेनिस ला लिगामा आफूलाई उपाधिको होडमा कायम नै राखेको छ। गएराति भएको खेलमा फेडरिको भेल्भार्डेले इन्जुरी समयमा गरेको गोलको सहयोगमा एथलेटिक क्लबलाई १-० ले हराएको रियलले उपाधिको होडमा आफूलाई कायमै राखेको हो।

बराबरीतर्फ उन्मुख खेलमा भेलभार्डेले प्रहार गरेको बल गोलमा परिणत भएको थियो। उनको रियलका लागि यस सिजनमा यो छैटौँ गोल हो।

फ्रान्सेली स्टार केलिएन एम्बाप्पे गत खेलमा रातो कार्ड पाएका कारण आइतबारको खेलमा सहभागी हुन पाएनन्। जितपछि रियल म्याड्रिड ६ खेल बाँकी रहेको समयमा शीर्ष स्थानको बार्सिलोना भन्दा चार अंकले पछि छ।

ला लिगामा आइतबार भएका अन्य खेलमा ओसासुनाले रियल भालाडोलिडलाई ३-२ ले हरायो। भिल्लारियल र रियल सोसीडाड बीचको खेलमा २-२ गोलको बराबरी भयो। सेभिया र डेपोर्टिभो अल्भासको बिचमा १-१ गोलको बराबरी गरेका छन्।

तालिकामा बार्सिलोनाको ७३, रियल म्याड्रिडको ६९, एट्लेटिको म्याड्रिडको ६९ तथा एट्लेटिको क्लबको ५७ अंक छ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ६ : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै