रुस-युक्रेन युद्ध विराम : सहमति पालना नगरेको दुवै पक्षको आरोप प्रत्यारोप « Khabarhub

रुस-युक्रेन युद्ध विराम : सहमति पालना नगरेको दुवै पक्षको आरोप प्रत्यारोप

अर्को साता युद्ध विराम हुने ट्रम्पको विश्वास


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

किभ – अहिले भर्खरै सकिएको युद्ध विराम ‘इस्टर युद्ध विराम’ मा पनि सहमति भङ्ग गरेको आरोप रुस र युक्रेनले एक आपसमा लगाएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले आइतबार मात्र युद्ध विरामको सहमति तीन सय पटक भङ्ग गरेको आरोप लगाए।

रुसको रक्षा मन्त्रालयले यसबीचको समयमा युक्रेनले दर्जनौँ मिसाइल प्रहार गरेको जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रुस र युक्रेनको बीचमा युद्ध विराम हुनसक्ने बताएका छन्।

यस बारे उनले पूर्ण विवरण बाहिर ल्याएका छैनन्। २४ फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको रुसले २० प्रतिशत भूमि कब्जा गरेको छ। यसमा सन् २०१४ मा लिएको त्रिमिया समेत छ।

गत महिना रुसले पूर्णकालका लागि युद्ध विरामको विषय अघि बढाउँदा यसमा अमेरिका र युक्रेन सकारात्मक भएका थिए। पुटिनले शनिबार मध्य रातदेखि आइतबार मध्यरातसम्मका लागि भन्दै युद्ध विरामको प्रस्ताव गरेका हुन्।

पुटिनले आफ्ना सेना त्यस समयमा लाग्ने बताए पनि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले डोन्सटक र पेभरस्कमा आक्रमण जारी रहेको बताएका छन्। रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाराकोभाले भने यस बिचमा युक्रेनले अमेरिकाले पठाएको मिसाइल प्रहार गरेको आरोप लगाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : ०९ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट