पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर चार जनाको मृत्यु « Khabarhub

पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर चार जनाको मृत्यु


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ।

ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

फुङ्लिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको बोलेरो जिपमा बिहान ४ः५० बजेतिर आगलागी भएको पत्रकार वसन्त लिम्बूले जानकारी दिए । उनका अनुसार बिजुलीको पोलबाट लत्रिएको तारले जिपमा छोएर आगलागी भएको प्रारम्भिक अनुमान छ ।

‘बिजुलीको पोलबाट लत्रिएको तारले आगलागी भएको अनुमान छ । घटनास्थलमा चार जनाको मृत्यु भएको छ । अरू दुई जना घाइतेलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ । घटनास्थल फुङ्लिङ नगरपालिका–१० तेर्सैमा पर्छ,’ लिम्बूले भने ।

लिम्बूका अनुसार घटनामा परेर जिप चालक फुङलिङ घर भएका गाडी चालक ४५ वर्षीय दुर्गा भट्टराईसहित चार जनाको घटनास्थलमै मृत्यु भएको हो । ‘तीर्थयात्री भने ललितपुरबाट पाथीभरा दर्शनका लागि आएको जानकारी छ,’ लिम्बूले भने ।

प्रहरीका अनुसार आगोले जलेर ललितपुर घर भएकी ४५ वर्षीया सविना आचार्य (सन्ध्या) गम्भीर घाइते भएको र उनका ९ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर विवेक बस्नेतले घटनामा सविनकी छोरी १६ वर्षीय आध्या आचार्य, उनका मावलीतर्फका हजुरबुवा झापा भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल, मावली हजुरआमा ६९ वर्षीया सरिता पौडेल तथा गाडी चालक फुङलिङ नगरपालिका–१० फुरुम्बुका ४५ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको जानकारी दिए ।

गम्भीर घाइते भएकी सविनाको शरीरको धेरै भाग जलेको छ । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर थप उपचारका लागि लैजानुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको इन्स्पेक्टर बस्नेतले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : २९ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच