बीपी प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मा डा. शर्मालाई « Khabarhub

बीपी प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मा डा. शर्मालाई


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सञ्जिवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री तथा कुलपति स्तरीय निर्णयअनुसार प्रतिष्ठानका शिक्षाध्यक्ष शर्मालाई प्रतिष्ठानको दैनिक प्रशासनिक, शैक्षिक तथा आर्थिककार्य गर्ने अधिकारसहित जिम्मेवारी दिइएको हो ।

नयाँ उपकुलपति सिफारिस भई नियुक्ति नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको प्रतिष्ठानका प्रवक्ता प्राध्यापक डाक्टर अन्जु प्रधानले जानकारी दिइन् । शिक्षाध्यक्ष शर्माले यसअघि पनि निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए ।

डा. ज्ञानेन्द्र गिरीको उपकुलपतिको कार्यकाल गत चैत २६ गते समाप्त भएपछि उक्त पद रिक्त छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : १९ बजे

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले