९ महिनामा नेपालको निर्यात ६५ प्रतिशतले वृद्धि, ठूलो हिस्सा सोयाबिन तेल « Khabarhub

९ महिनामा नेपालको निर्यात ६५ प्रतिशतले वृद्धि, ठूलो हिस्सा सोयाबिन तेल


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा आयात गरेर आंशिक वा पूर्ण प्रशोधनपश्चात ठूलो मात्रामा निर्यात गरिएको सोयाबिन तेलको कारण नेपालको निर्यात तथ्याङ्कको ग्राफ निकै उकालो लागेको देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालबाट एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.१६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको  सोही अवधिमा नेपालबाट एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख सात हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

समीक्षा अवधिमा नेपालबाट भएको कुल निर्यातमा सोयाबिन तेल तथा कच्चा पदार्थको हिस्सा मात्रै ६२ अर्ब ७८ करोड २३ लाख ३० हजार रुपैयाँ बराबरको रहेको छ । साथै सो अवधिमा नौ अर्ब २३ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको सूर्यमुखी तेल तथा त्यसको कच्चा पदार्थ निर्यात भएको छ ।

यस अवधिमा नेपालमा ६६ अर्ब ५ करोड ६५ लाख ५३ हजार रुपैयाँको सोयाबिन तेल र सो सम्बन्धित कच्चा पदार्थ आयात भएको थियो भने २२ अर्ब ६४ करोड ६१ लाख नौ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ११ : ०० बजे

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता