भारत पुगे जेडी भान्स, ताज महल घुम्ने, जयपुरमा बिहेको निम्तो पनि मान्ने « Khabarhub

भारत पुगे जेडी भान्स, ताज महल घुम्ने, जयपुरमा बिहेको निम्तो पनि मान्ने


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत पुगेका छन् । चारदिने भ्रमणका क्रममा उपराष्ट्रपति भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् । उनको भ्रमण दलका उनकी श्रीमती उषा भान्स पनि छन् । उषा भारतीय आप्रवासीकी सन्तान हुन् ।

इटालीको भ्रमण सकेर भान्स दम्पत्ति भारत पुगेका हुन् । इटालीको राजधानी रोममा रहँदा भान्सले ईस्टरका अवसरमा पोप फ्रान्सिससँग भेटवार्ता गरेको रोयटर्सले जनाएको छ ।

भारतमा रहँदा भान्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । पछिल्लो समय अमेरिकाले व्यापार युद्ध शुरु गरेपछि भान्सको भारत भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारतलाई ‘भन्सार दुरुपयोगकर्ता’ को संज्ञा दिँदै आएका छन् । गत अप्रिल २ का दिन ‘मुक्ति दिवस’ का अवसरमा ट्रम्पले भारतीय सामानमा २६ प्रतिशत भन्सार महशुल वृद्धि गर्ने घोषणा गरेका थिए । पछि ट्रम्पले त्यसलाई १० प्रतिशतमा सीमित गर्ने निर्णय गरेका थिए ।

भारत भ्रमणका क्रममा उपराष्ट्रपति भान्सले ताज महलको भ्रमण गर्ने पनि कार्यक्रम रहेको छ । त्यसैगरी, उनले जयपुरमा आयोजना हुने एउटा विवाह समारोहमा पनि भाग लिने जनाइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १२ : ३५ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण