जितुको अर्को फिल्म ‘कार्की साइला’को शुभ मुहूर्त, वैशाख २० बाट छायाङ्कन « Khabarhub

जितुको अर्को फिल्म ‘कार्की साइला’को शुभ मुहूर्त, वैशाख २० बाट छायाङ्कन


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा टिमबाट बाहिरिएपछि जितु नेपाल धमाधम फिल्म साइन गरिरहेका छन् । गत वर्ष मात्रै जितुको दुई फिल्म ‘ज्वाइँ साब’ र ‘कार्साङ’ प्रदर्शनमा आयो । 

यो वर्षको सुरुवातमा जितु नयाँ फिल्म ‘कार्की साइला’को छायाङ्कनमा निस्कने तयारीमा छ । यस फिल्मको सोमबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा शुभ मुहूर्त गरिएको छ । 

फिल्मका केन्द्रीय कलाकार जितु र नायिका वर्षा सिवाकोटीले मुहूर्त सट दिएका थिए । यो फिल्मको छायाङ्कन भने वैशाख २० गतेबाट धनकुटामा सुरु हुने बताइएको छ । 

फिल्ममा जितु र वर्षासहित गीता अधिकारी, मान्सी शर्मा, श्याम मगगर, मनिल तामाङलगायतको अभिनय रहने बताइएको छ । अन्य कलाकार चयनको काम भने बाँकी रहेको निर्देशक राजेन्द्र बस्नेतले बताए । 

निर्देशक बस्नेतका अनुसार यस फिल्मले भुईँ मान्छेको कथा उठान गरेको छ । यस फिल्मको शीर्ष पात्र भरिया रहेको उनले बताए ।

यस फिल्मको प्रस्तुतकर्ता कृष्णभगत चाम्लिङ हुन् । कर्णबहादुर फिल्मस्‌को ब्यानरमा बन्ने यस फिल्मको निर्माता भने बालकुमार राई हुन् ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ६ : १२ बजे

पहिलो पटक संघीय सरकारमा ३३ प्रतिशत महिला

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा

कानुन सुधारको जिम्मा अब सोविताको काँधमा 

काठमाडौं– नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन

बालेन्द्रलाई महेश बस्नेतको बधाई, भने : जिम्मेवारी प्रमाणित गर्नुस्

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतले नवगठित सरकारका प्रधानमन्त्री बालेन्द्र

देउवाले दिए बालेन्द्रलाई बधाई

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त भएकामा

इरानमाथि हवाई हमलाबारे बैठक हुने : रुसी सरकारी मिडिया

मस्को– संयुक्त राष्ट्र सुरक्षा परिषद्ले रुसी अनुरोधमा शुक्रबार बन्द बैठक