‘जार’का निर्देशक फुर्बाको दाबी- विषय, प्रस्तुति र प्राविधिकरुपमा बलियो फिल्म  « Khabarhub

‘जार’का निर्देशक फुर्बाको दाबी- विषय, प्रस्तुति र प्राविधिकरुपमा बलियो फिल्म 


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी वैशाख २६ बाट फिल्म ‘जार’ प्रदर्शनमा आउँदैछ । यस फिल्ममा नायकहरू सौगात मल्ल, अनुपविक्रम शाही र नायिका गीताञ्जली थापा शीर्ष भूमिकामा छन् । 

प्रदर्शन मिति नजिकिँदै गर्दा यो फिल्म निर्माण पक्ष प्रचारको तयारीमा छ । यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ । 

निर्देशक फुर्वा भन्छन्, ‘यो फिल्मले सन् १८०० को कालमा नेपाली समाजमा घटेको यथार्थ घटना समेटेको छ ।’

वैशाख २६ बाट दर्शकले विषय, प्रस्तुति र प्राविधिकरुपमा बलियो फिल्म हेर्न पाउने उनी दाबी गर्छन् । भन्छन्, ‘विषयको भन्नुपर्दा हामीले नेपाली समाजले भोगेको अब्बल घटना उठान गरेका छौँ । यो कथालाई म हरेक समाजको भन्न रुचाउँछु ।’

त्यस्तै, निर्देशक फुर्वा प्राविधिकरुपमा पनि आफ्‌नो फिल्म बलियो बनाउन कुनै सम्झौता नगरिएको बताउँछन् । भन्छन्, ‘प्राविधिक पक्ष कमजोर नहोस् भन्ने उद्देश्यले नै हामीले फिल्मको पोस्ट प्रोडक्सनको काम भारतमा गरेका छौँ ।’

उनी फिल्ममा कलाकारले गरेको अभिनयप्रति पनि सन्तुष्ट छन् । उनी भन्छन्, ‘बजारमा को चलेको छ भन्दा पनि कथाको मागअनुसारको कलाकार चयन गरेको थियौँ । उहाँहरूले पनि कठोर मिहिनेत गर्नुभयो । त्यो कुरा दर्शकले फिल्म प्रदर्शनमा आएपछि थाहा पाउनुहुनेछ ।’

होप रल्सि, एलए सेभेन सट्र्स, बराल स्टुडियो र कवि प्रोडक्सनको सहकार्यमा यो फिल्म बनेको हो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ६ : ३८ बजे

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्

संक्रमणकालीन न्यायको विषय अब टुङ्ग्याउनुपर्छ : मन्त्री गौतम

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लामो समयदेखि

दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड

काठमाडौं- नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा राष्ट्रिय

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता