‘जार’का निर्देशक फुर्बाको दाबी- विषय, प्रस्तुति र प्राविधिकरुपमा बलियो फिल्म  « Khabarhub

‘जार’का निर्देशक फुर्बाको दाबी- विषय, प्रस्तुति र प्राविधिकरुपमा बलियो फिल्म 


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी वैशाख २६ बाट फिल्म ‘जार’ प्रदर्शनमा आउँदैछ । यस फिल्ममा नायकहरू सौगात मल्ल, अनुपविक्रम शाही र नायिका गीताञ्जली थापा शीर्ष भूमिकामा छन् । 

प्रदर्शन मिति नजिकिँदै गर्दा यो फिल्म निर्माण पक्ष प्रचारको तयारीमा छ । यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ । 

निर्देशक फुर्वा भन्छन्, ‘यो फिल्मले सन् १८०० को कालमा नेपाली समाजमा घटेको यथार्थ घटना समेटेको छ ।’

वैशाख २६ बाट दर्शकले विषय, प्रस्तुति र प्राविधिकरुपमा बलियो फिल्म हेर्न पाउने उनी दाबी गर्छन् । भन्छन्, ‘विषयको भन्नुपर्दा हामीले नेपाली समाजले भोगेको अब्बल घटना उठान गरेका छौँ । यो कथालाई म हरेक समाजको भन्न रुचाउँछु ।’

त्यस्तै, निर्देशक फुर्वा प्राविधिकरुपमा पनि आफ्‌नो फिल्म बलियो बनाउन कुनै सम्झौता नगरिएको बताउँछन् । भन्छन्, ‘प्राविधिक पक्ष कमजोर नहोस् भन्ने उद्देश्यले नै हामीले फिल्मको पोस्ट प्रोडक्सनको काम भारतमा गरेका छौँ ।’

उनी फिल्ममा कलाकारले गरेको अभिनयप्रति पनि सन्तुष्ट छन् । उनी भन्छन्, ‘बजारमा को चलेको छ भन्दा पनि कथाको मागअनुसारको कलाकार चयन गरेको थियौँ । उहाँहरूले पनि कठोर मिहिनेत गर्नुभयो । त्यो कुरा दर्शकले फिल्म प्रदर्शनमा आएपछि थाहा पाउनुहुनेछ ।’

होप रल्सि, एलए सेभेन सट्र्स, बराल स्टुडियो र कवि प्रोडक्सनको सहकार्यमा यो फिल्म बनेको हो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ६ : ३८ बजे

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका

काठमाडौं – कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाराबाजीपछि सार्वजनिक भयो निर्वाचन तालिका

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि काठमाडौंमा जारी विशेष केन्द्रीय महाधिवेशन

भरतपुरमा बृहत् चक्रपथ उद्‌घाटन

नारायणगढ–  देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त

नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा प्रतिनिधिहरूले नाराबाजी थालेका छन्