सुरक्षित पर्यटनका लागि राज्यका तर्फबाट पहल हुन जरूरी : प्रचण्ड « Khabarhub

सुरक्षित पर्यटनका लागि राज्यका तर्फबाट पहल हुन जरूरी : प्रचण्ड


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशैभरि सुरक्षित पर्यटन तथा सार्वजनिक स्थानको उचित संरक्षणका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी रहेको बताएका छन्।

ताप्लेजुङमा अवस्थित पाथीभरा देवी (मुक्कुमलुङ) जाँदै गरेको सवारीसाधनमा करेन्ट लाग्दा तीर्थालुहरूको निधन भएको घटनाले यस्तै पाठ सिकाएको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले घटनामा तीर्थयात्री दुर्गा भट्टराई, आध्या आचार्य, सरिता पौडेल र विनोद पौडेलको मृत्यु भएको दुखद घटनाले स्तब्ध भएको उल्लेख गरे । 

उनले मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क गुणस्तरीय उपचारका लागि सरकारसमक्ष मागसमेत गरे। 

उनले भने, ‘देशैभरि सुरक्षित पर्यटन तथा सार्वजनिक स्थानहरूको उचित संरक्षणका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी छ भन्ने पाठ यो घटनाले सिकाएको छ, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क गुणस्तरीय उपचारका लागि सरकारसमक्ष माग गर्दछु ।’
 

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : २९ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि