शिक्षक आन्दोलन नटुंगिनु विद्या भट्टराईको कमजोरी हो : महेश बस्नेत « Khabarhub

शिक्षक आन्दोलन नटुंगिनु विद्या भट्टराईको कमजोरी हो : महेश बस्नेत


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेत आफ्नै कमजोरीका कारण शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकाे बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत नेता बस्नेतले आन्दोलन नटुंगिनु शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु स्वयंम मन्त्री कै कमजोरीको संकेत भएको उल्लेख गरेका छन् ।

उनले भट्टराईको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो व्यापक बढेको समेत लेखेका छन् ।

उनले लेखेका छन्, ‘शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन नटुङ्गिएपछि राजीनामा दिनु भएको छ। आन्दोलन नटुंगिनु शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु स्वयं मन्त्री कै कमजोरीको संकेत हो । मन्त्री भएको बेला देखिनै उनको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो ब्यापक बढेकै थियो।’

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ९ : ११ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि