आईपीएल सिजनको अन्तिम खेलमा राजस्थान विजयी : चेन्नईविरुद्ध सूर्यवंशीको अर्धशतक « Khabarhub

आईपीएल सिजनको अन्तिम खेलमा राजस्थान विजयी : चेन्नईविरुद्ध सूर्यवंशीको अर्धशतक

चेन्नई ६ विकेटले पराजित


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजनको अन्तिम खेललाई सुखद् बनाएको छ । गएराति महेन्द्र सिंह धोनीको टोली चेनई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै राजस्थानले आईपीएल यो सिजनको सुखद् अन्त्य गरेको हो ।

यो हारसँगै आईपीएल २०२५ को अंकतालिकामा चेन्नई पुछारमा नै रहने सम्भावना बलियो भएको छ । मंगलबार भएको पुछारका दुई टोली बिचको खेलमा राजस्थान रोयल्सले चेन्नईलाई ६ विकेटले हराएपछि यो सम्भावना देखिएको हो।

मंगलबार राति चेन्नईले दिएको १८८ रनको लक्ष्य राजस्थानले १७ बल बाँकी रहँदा चार विकेटको क्षतिमा पुरा गरेको हो ।

राजस्थानका लागि वैभव सूर्यवंशीले सर्वाधिक ५७ रन प्रहार गरे । ३३ बलको सामना गरेका उनले समान चारचार चौका र छक्का प्रहार गरे । यसस्वी जयसवालले विस्फोटक सुरुवात गर्दै १९ बलमा ३६ रन जोडे । उनको पारीमा पाँच चौका र दुई छक्का समावेश थियो । कप्तान सञ्जु सामसनले ४१ रन प्रहार गरेको खेलमा राजस्थानका ध्रुव जुरेलले अविजित रहँदै १२ बलमा ३१ रन प्रहार गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ८ विकेटको क्षतिमा १८७ रन जोडेको थियो। चेन्नईका आयुस माथ्रेले सर्वाधिक ४३ रन प्रहार गरे । २० बलको उनको पारीमा आठ चौका र एक छक्का समावेश थियो । डेवाल्ड ब्रेभिसले ४२ रनको योगदान गरे । राजस्थानका आकास मद्यवालले चार ओभरमा २९ रन खर्चेर तीन विकेट लिए । युधिर सिंहले चार ओभरमा ४७ रन खर्चेर तीन विकेट हात पारे । मद्यवाल खेलको म्यान अफ द म्याच घोषित भए ।

अङ्क तालिकामा चेन्नई ६ अङ्कसहित पुछारमा छ । राजस्थान आठ अङ्कसहित नवौँ स्थानमा छ । चेन्नईको एक खेल बाँकी छ भने राजस्थानको खेल सकिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ६ : ०८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक