आणविक केन्द्रमा प्रहार गर्ने इजरायलको योजना बारे अमेरिकी गुप्तचरको खुलासा « Khabarhub

आणविक केन्द्रमा प्रहार गर्ने इजरायलको योजना बारे अमेरिकी गुप्तचरको खुलासा


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले गुप्तचर निकायबाट इजरायलले इरानको आणविक भट्टीमा नै प्रहार गर्ने तयारी गरेको सूचना पाएको छ।

अमेरिका भने अहिले इरानसँग वार्ता र समझदारीको तयारीमा छ। यसो भएमा मध्यपूर्वमा फेरि सीमामा लडाइँ बढ्न सक्ने छ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि सुरु भएको अशान्ति रोक्न अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयास गरिराखेका छन्।

यो आक्रमण कसरी गर्ने भन्ने पुरा तय भने भइसकेको छैन। साथै अन्तिम निर्णय नै पनि भइसकेको छैन। कुन समयमा कसरी हुन सक्ने भन्ने विषयको यकिन भने भएको छैन।

अमेरिका र इरान बिचको आणविक वार्ताको स्वरूप कस्तो हुन्छ भन्ने कुराले इजरायलको अन्तिम निर्णय प्रभावित हुने जनाइएको छ।

गत अक्टोबरमा नै इजरायलले इरानको मिसाइल उत्पादन केन्द्र तथा एयर सिस्टममा प्रहार गरेको थियो। यस कारण इरानको सैन्य शक्ति दशककै कमजोर अवस्थामा रहेको जनाइन्छ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : १९ बजे

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

एनसेलको डेटा गोपनीयता र सूचना सुरक्षा सम्बन्धी आइएसओ २७००१ र २७७०१ मान्यता नवीकरण

काठमाडौं– एनसेलले प्रतिष्ठित आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को आफ्नो

अमेरिकाको भ्रम टुटेपछि मन्जिलको संकल्प : गाउँमा शैक्षिक क्रान्ति, राजनीतिको कोर्स करेक्सन

काठमाडौं – बाबु प्राध्यापक गोवर्द्धन राना कांग्रेसका नेता थिए ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको