दलित परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै « Khabarhub

दलित परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माण गरिरहेको छ ।

नगरपालिकाले सिमलखेतमा बसोबास गर्ने दलित परिवारका लागि  निड्स नामक गैरसरकारी संस्थासँगको साझेदारीमा ११ वटा सुरक्षित आवास निर्माण गरिरहेको हो ।

६ लाख ५० हजारको लागतमा दुईकोठे घर निर्माण भइरहेको शुक्लाफाँटा–१० का वडाध्यक्ष लालबहादुर ऐरले बताए । यसै महिना निर्माण सम्पन्न गरेर दलित परिवारलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।

सुरक्षित आवास निर्माण भएसँगै  सिमलखेतका जनजाली सार्कीको सुरक्षित आवासमा बस्ने सपना पूरा हुने भएको छ ।

‘पुरानो घरको छाना बर्खामा चुहिँदा अन्नपात, लुगाफाटा जोगाउन समस्या हुन्थ्यो भने सर्प, बिच्छीलगायत विषालु कीराको उत्तिकै डर हुन्थ्यो । हुरीले छाना उडाउँदाको पीडा शब्दमा व्यक्त हुँदैन’, उनले भने । 

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ९ : २५ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको