नव उद्यमशीलता प्रवर्द्धनका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण « Khabarhub

नव उद्यमशीलता प्रवर्द्धनका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आर्थिक वर्ष २०८२–०८३ को बजेटमा नव उद्यमशीलता प्रवर्द्धनका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र उद्यमशील कांग्रेसले संयुक्त रूपमा गरेको बजेट तथा नीति संवाद कार्यक्रमको सुझाव अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई हस्तान्तरण गर्दै कांग्रेसले नव उद्यमशीलता प्रवर्द्धनका लागि ध्यानाकर्षण गराएको हो ।

बजेटको तयारीमा रहेका अर्थमन्त्री पौडेललाई उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप नीति पूर्ण कार्यान्वयन गर्न, नवउद्यमीलाई सस्तो ब्याजमा कर्जा, कर छुट लगायतका व्यवस्था गर्न सुझाव दिएको कांग्रेस केन्द्रीय सदस्य एवं पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका प्रमुख अजयबाबु शिवाकोटीले बताए ।

कर सुधारमा पनि ध्यान दिन आग्रह गर्दै शिवाकोटीले दोहोरो कर हटाई एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउन, कर कार्यालयमा जवाफदेहिता बढाउन र डिजिटल कर प्रणालीको विकास गर्नु पर्ने बताए ।

अर्थमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा शिक्षामा सुधार गर्न, कृषि क्षेत्रमा विशेष ध्यान दिन, कर सुधार, उद्यमशीलता प्रवर्द्धन लगायतका रणनीतिक सुझावहरू छन् ।

सुझाव प्रतिवेदन बुझ्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटमा समेत उद्यमशीलता, नवप्रवर्द्धन तथा लघु उद्यमको सशक्तीकरणकाे विषय समेटिने प्रतिवद्धता जनाए । त्यसका लागि उचित वातावरण निर्माण गरी कार्यान्वयन पक्ष समेत सुदृढ बनाउने उनको भनाई थियो ।

सुझाव प्रतिवेदन बुझाउने क्रममा उद्यमशील कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले उद्यमशीलताको मुद्दामा सरोकारवालाबीच प्रभावकारी छलफल मार्फत साझा धारणा बनाउन जरुरी रहेको बताए ।

उद्यमशील कांग्रेसका महासचिव मोहन गजुरेलले उद्यमशीलताका मुद्दाहरूको प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई घचघच्याइरहने बताए ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  १२ : ३५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर