सुत्केरी व्यथाले छट्पटिएकी महिलाको उद्धार गर्ने प्रहरी पुरस्कृत | Khabarhub Khabarhub

सुत्केरी व्यथाले छट्पटिएकी महिलाको उद्धार गर्ने प्रहरी पुरस्कृत


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको गोदावरी नगरपालिका–१ मा सडकमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रशंसा पत्र र रेकर्डमा जानिने गरी पुरस्कृत गरेको हो ।

 कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणाले जवान देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेका हुन् । 

सम्मान कार्यक्रममा एसपी राणाले आफूले हरेक प्रहरी सम्मान होस् भन्ने चाहेको बताए । ‘हरेक प्रहरीले आफ्नो कार्यक्षेत्रमा यसरी नै पुरस्कृत भएको हेर्न चाहन्छु,’ उनले भने, ‘प्रहरीको व्यवहार र आचरणले सेवाग्राहीको मन जित्न सकिन्छ भन्ने उदाहरण हो ।’

एसपी राणाले प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसूति गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको बताए ।

प्रहरी जवान देउवाले मंगलबार गोदावरी नगरपालिका–१ को बसन्तपुरमा सडकमा छटपटाइरहेको अवस्थामा भेटिएकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसूति हुन सघाएकी थिइन् ।

देउवाकै सहयोगमा उनलाई सुरक्षित रूपमा अत्तरियास्थित पद्मा अस्पताल पुर्‍याएको थियो । देउवालाई सम्मान गर्दै एसपी राणाले संगठनमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताए ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  १ : २७ बजे

करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा– हाइटेन्सनको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।

सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकमा मधेश केन्द्रित दलको असहमति

काठमाडौं– मधेश केन्द्रित ७ राजनीति दलको संघीय लोकतान्त्रिक मोर्चाले सरकारले

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला

झापा–  बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा वयस्क जङ्गली हात्ती

बिजुली गएर दिक्क महावीर पुनको आक्रोश- ऊर्जामन्त्रीले दिउँसै रात पारे, पदबाट हटाइजाऊँ

काठमाडौं- आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ

रास्वपालाई नवराज सुवेदीको प्रस्ताव- राजसंस्था र हिन्दुराज्य फर्काउन सहकार्य गरौँ

काठमाडौं- संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रवि लामिछाने नेतृत्वको