नेपाल-भारतबीचको सम्बन्ध अटुट छ, निरन्तर अघि बढाइराख्नु पर्छ : विजय जोली « Khabarhub

नेपाल-भारतबीचको सम्बन्ध अटुट छ, निरन्तर अघि बढाइराख्नु पर्छ : विजय जोली


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सार्थकता समाप्त भइसकेको बताएका छन् ।   

नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसअघि प्रभावकारी मञ्चको रूपमा रहेको सार्कको सार्थकता अहिले समाप्त भइसकेको बताएका हुन्  । 

सार्क निष्प्रभावकारी हुनुमा पाकिस्तान दोषी रहेको उनले बताए । जोलीले नेपाल–भारतबीचको सम्बन्ध अटुट रहेको भन्दै यसलाई निरन्तर अघि बढाइने धारणा राखे । 

नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध बाहेक सैनिक क्षेत्रमा पनि गहिरो सम्बन्ध रहेको उनले बताए । उनले नेपालमा रहेको बहुदलीय लोकतन्त्रात्मक प्रणालीको पक्षमा सदैव भारत रहेको उल्लेख गरे ।  

जोलीले नेपालको धर्मनिरपेक्षताका बारेमा जनताको मतलाई बुझ्दै अघि बढ्नुपर्ने उल्लेख गरे । नेपालीभित्रका सबै विषयको निर्णय लिने अधिकार नेपाली जनतालाई र यहाँका राजनीतिक दलहरूलाई मात्रै रहेको उनले बताए । 

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  २ : ५३ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ