‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’ « Khabarhub

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने धारणा राखेका छन् ।

बैठकको विशेष समयमा सांसद नारायणदत्त मिश्रले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन नसक्ने उल्लेख गर्दै गणतन्त्रको रक्षाका लागि परिवर्तनकारी सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । 

उनले भने, ‘पञ्चायतकाल र राणाकालमा भएका ज्यादतीबारे अहिलेका युवापुस्तालाई थाहा हुनुपर्छ, लोकतन्त्र प्राप्तिको निम्ति राजनीतिक दलले गरेका सङ्र्घषको बारेमा पनि नयाँ पुस्तालाई जानकारी हुनुपर्छ ।’

सांसद नरबहादुर विष्टले स्वास्थ्य परीक्षणको निम्ति ज्येष्ठ नागरिक घण्टौँसम्म लाइन बस्नुपरेको उल्लेख गर्दै स्वास्थ्योचारको निम्ति अनलाइनबाट टिकट लिन सकिने व्यवस्था मिलाउनुपर्ने माग गरे । 

‘सिभिल अस्पतालसहित देशैभरिका सङ्घीय मातहतमा रहेका अस्पतालमा ज्येष्ठ नागरिकको निम्ति छुट्टै व्यवस्था हुनुपर्छ, स्वास्थ्य क्षेत्रलाई व्यापारको रूपमा भन्दा पनि सेवाको रूपमा विकास गर्नुपर्छ ।’ जनतालाई सर्वसुलभ न्याय सेवा दिनुपर्ने उनको भनाइ छ ।

सांसद विष्टले राजनीतिक दल वा नेताको पहुँचको आधारमा भन्दा पनि देश र जनताको आवश्यकताको आधारमा सरकारले बजेट ल्याउनुपर्ने धारणा राखे । 

सांसद जयन्तीदेवी राईले भनिन्, ‘नेपाली सेनाले जागिर गरेको १६ वर्ष पुगिसकेपछि उनीहरूलाई पेन्सनको व्यवस्था हुन्छ, तर सेवा निवृत्त भएको चार वर्ष पछि मात्रै पेन्सन पाउने विषय न्यायपूर्ण छैन ।’ उनले गत वैशाख ३१ गते हुम्ला जिल्लामा भएको बाढीपहिरोका कारण भएको क्षतिको तथ्याङ्क लिएर पीडितलाई क्षतिपूर्तिको माग गरिन् । 

सांसद राईले पछिल्लो समय युवाको विदेश पलायन बढ्दै गएको उल्लेख गर्दै युवा जनशक्तिलाई देशभित्रै राख्नका लागि शिक्षा प्रणालीमा सुधार गर्दै उद्योग र कलकारखाना खोली रोजगारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । –रासस

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ३ : ०६ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक