नेपालको धर्मनिरपेक्षताबारे भारतीय नेता जोलीको सुझाव- जनताको मत बुझ्दा राम्रो « Khabarhub

नेपालको धर्मनिरपेक्षताबारे भारतीय नेता जोलीको सुझाव- जनताको मत बुझ्दा राम्रो


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले नेपालको धर्मनिरपेक्षताबारे जनताको मतलाई बुझ्दै जानुपर्ने बताएका छन् ।

नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले धर्मनिरपेक्षताबारे जनताको मत बुझ्दा राम्रो हुने सुझाएका हुन् ।

यद्यपि उनले नेपालीभित्रका सबै बिषयको निर्णय लिने अधिकार नेपाली जनता र यहाँका राजनीतिक दलहरूलाई रहेको पनि बताएका छन् ।

जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सार्थकता समाप्त भइसकेको पनि बताएका छन् ।

यसअघि प्रभावकारी मञ्चका रुपमा रहेको सार्कको सार्थकता अब समाप्त भइसकेको उनले बताए । सार्क निष्प्रभावकारी हुनुमा पाकिस्तान दोषी रहेको उनले बताएका छन् ।

जोलीले नेपाल–भारतबीचको सम्बन्ध अटुट रहेको भन्दै यसलाई निरन्तर अघि बढाइने धारणा राखे ।

नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्धबाहेक सौनिक क्षेत्रमा पनि गहिरो सम्बन्ध रहेको उनले बताए । नेपालमा रहेको बहुदलीय लोकतन्त्रात्मक प्रणालीको पक्षमा भारत सदैव रहने पनि उनले बताए ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ३ : १८ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको