हुम्लाको लिमीमा पहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग « Khabarhub

हुम्लाको लिमीमा पहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसद रेणु चन्दले हुम्लाको लिमी उपत्यकामा गएको पहिरोका बारेमा सरकार बेखबर भएको टिप्पणी गर्दै सो पहिरोबाट विस्थापित भएका नागरिकको यथाशीघ्र सुरक्षित स्थानमा पुनः स्थापना गर्न माग गरेकी छन् ।
 
बैठकको विशेष समयमा उनले पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउन र सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् । 

‘हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा हिमपहिरोले सिङ्गो बस्ती जोखिममा छ, १८ परिवार घर छाडेर पालमुनि बसेका छन्, सरकार अहिलेसम्म पुगेको छैन । सरकारको उपस्थिति र राहत प्राप्त गर्नलाई काठमाडौँमै बाढीपहिरो आउनुपर्ने हो ?’, उनले प्रश्न गरिन् ।

सांसद चन्दले विपद् व्यवस्थापनको कार्यक्रम, पूर्वतयारी तथा बजेटलगायत बारेमा सदनलाई जानकारी गराउन माग गरिन् । उनले समयमै विपद् पूर्वतयारीमा ध्यान दिन सुझाव दिइन् ।
 
सांसद भगवती न्यौपानेले यही जेठ पहिलो साता राजधानीमा आयोजित सगरमाथा संवादबाट नेपालले अन्तरराष्ट्रियस्तरमा आफ्नो छवि उँचो बनाएको जनाउँदै आगामी दिनमा पनि यसखालका संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।
 
सांसद पूजा चौधरीले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउन उचित वातावरण बनाउनुपर्नेमा जोड दिइन् । उनले हुलाकी राजमार्गमा अलपत्र परेको पुलको निर्माण र बाढी पहिरोले क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माण गर्न सुझाव दिइन् ।
 
सांसद गङ्गाकुमारी बेल्वासेले राष्ट्रिय अर्थतन्त्रको सबलीकरणका लागि कृषि र पर्यटन उच्च प्राथमिकता दिन आग्रह गर्दै गाँजा खेतीलाई प्रवर्द्धन गर्न सरकारलाई सुझाव दिइन् । सांसद विष्णुदेवी पुडासैनीले स्वास्थ्य, शिक्षालगायत मौलिक हकको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन् । –रासस
 

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ३ : ५३ बजे

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा