बागमती प्रदेशसभा : बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ | Khabarhub Khabarhub

बागमती प्रदेशसभा : बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ भएको छ । 

आजको बैठकमा प्रदेशसभाका सांसदहरूले प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सन्दर्भमा धारणा राखेका छन् । 

मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दराज काफ्ले आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । 

आजको बैठकमा सांसदहरूले नागरिकको जीवनमा सकारात्मक परिवर्तन आउने र प्रदेशलाई समृद्ध बनाउन ठोस् आधारसहितको बजेट ल्याउनुपर्नेमा जोड दिए  ।

आगामी नीति, कार्यक्रम र बजेट जनताको इच्छा, चाहना सम्बोधन हुने किसिमको, स्वदेशमा रोजगारी सृजना हुने किसिमको हुनुपर्नेमा जोड दिँदै सांसदहरूले कृषि, उद्योग, वन, पर्यटक प्रवर्द्धनलगायत विषयलाई आगामी बजेटमा प्राथमिकता दिनुपर्ने सुझाव दिए  । 

आजको बैठकमा भारतीकुमारी पाठक, उर्मिला सुनुवार, ठाकुरप्रसाद ढकाल, सृजना सैजु, डा दिनेशचन्द्र देवकोटा, सुरेन्द्रराज गोसाईं, आनन्दकुमार श्रेष्ठ, ईश्वर सापकोटा, गीता काफ्ले, केशवप्रसाद पोखरेल, मातृकाप्रसाद भट्टराई, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, भरतबहादुर केसीलगायत सांसदले सरकारद्वारा प्रस्तुत आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमाथि धारणा राखे । 

प्रदेशसभाको अर्काे बैठक भोलि बिहान ११.०० बजे बस्ने गरी आजको बैठक सकिएको छ । –रासस

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ४ : ५४ बजे

स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ

भक्तपुर- ‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने

सारसको सङ्ख्या बर्सेनि घट्दो

कञ्चनपुर- सारस चराको सङ्ख्या कञ्चनपुर–कैलालीमा बर्सेनि घट्दो क्रममा रहेको छ

सवारी दुर्घटनामा १० महिनामा ३४ जनाको मृत्यु

पर्सा– पर्सामा चालु आर्थिक वर्षको १० महिनामा सवारीसाधन दुर्घटनामा परेर

श्वेत किसानमाथिको ज्यादतीका विषयमा ट्रम्प र अफ्रिकी राष्ट्रपतिको बहस

वाशिङ्टन – दक्षिण अफ्रिकामा श्वेत किसानलाई सताइएको कुरा अमेरिकी राष्ट्रपति

सार्वजनिक लेखासहित चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।