रास्वपालाई नवराज सुवेदीको प्रस्ताव- राजसंस्था र हिन्दुराज्य फर्काउन सहकार्य गरौँ « Khabarhub

रास्वपालाई नवराज सुवेदीको प्रस्ताव- राजसंस्था र हिन्दुराज्य फर्काउन सहकार्य गरौँ


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई राजा र हिन्दु राज्य फर्काउने आन्दोलनमा सहकार्य प्रस्ताव गरेका छन् ।

सुवेदीले संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्र फर्काउन सहकार्यको प्रस्तावसहित पत्र लेखेका हुन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि शिथिल बनेको आन्दोलनलाई उठाउन सुवेदीले रास्वपासँग सहकार्य प्रस्ताव गरेका हुन् । देशव्यापी जनआन्दोलन थाल्न लागेको जानकारी दिँदै सुवेदीले वर्तमान व्यवस्था परिवर्तन गर्नु अहिलेको ऐतिहासिक आवश्यकता रहेको जिकिर गरेका छन् ।

वर्तमान राजनीतिक व्यवस्थाले नेपाली जनताको सुशासन, समृद्धि र राष्ट्रिय पहिचानका अपेक्षा पूरा गर्न असफल भएको जिकिर संयोजक सुवेदीले गरेका छन् ।

उनले धर्म, संस्कृति र मौलिक मूल्य-मान्यतामा आधारित सनातन पहिचान गम्भीर संकटमा पर्दै गएको पनि पत्रमा उल्लेख गरेका छन् ।

सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासको गत चैत २२ गतेको आदेशपछि रास्वपा सभापति लामिछाने यतिबेला भैरहवा कारागारमा छन् ।

यस्तोमा सुवेदीले सभापति लामिछानेले पनि हालको व्यवस्थाबाट निष्पक्ष न्याय पाउन सक्नेमा शंका व्यक्त गरेको उनले स्मरण गराएका छन् ।

राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलीय हस्तक्षेप र दलीयकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा रास्वपा वर्तमान व्यवस्थाबाट सन्तुष्ट नरहेको सुवेदीले निचोड निकालेका छन् ।

‘वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा हामीबीच साझा समझदारी हुन सक्ने आशा लिएको छु,’ उनले पत्रमा भनेका छन्, ‘आउनुस्, यो चरम दल‍ीयकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनःस्थापित गर्ने हाम्रो साझा लक्ष्यका लागि संयुक्त रूपमा अघि बढौँ । संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र, बहुदलीय प्रजातन्त्र पुन:र्स्थापना गरौँ ।’

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ६ : २१ बजे

बालेनको व्यवहार रास्वपालाई ‘निल्नु न ओकल्नु’

काठमाडौं- करिब एक वर्षको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं- राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ

राष्ट्रियसभामा अर्थमन्त्री डा. वाग्लेको जवाफ

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाल सरकारको

करेन्ट लागेर प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने