भूमिसम्बन्धी अध्यादेशपछि विधेयकको पनि विपक्षमा मधेशवादी दल « Khabarhub

भूमिसम्बन्धी अध्यादेशपछि विधेयकको पनि विपक्षमा मधेशवादी दल


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय लोकतान्त्रिक मोर्चाले सरकारले संसद्‍मा पेस गरेको भूमिसम्बन्धी विधेयक संविधानविपरीत रहेको निष्कर्ष निकालेको छ ।

मध्य बानेश्वरस्थित जनमत पार्टीको केन्द्रीय कार्यालयमा बुधबार बसेको मोर्चाको बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संविधानविपरीत रहेको निष्कर्ष निकालेको हो ।

संविधानको अनुसूची–६ अनुसार भूमि व्यवस्थापन र जग्गाको अभिलेख राख्ने अधिकार प्रदेशको रहेकोले प्रदेशको क्षेत्राधिकार हस्तक्षेप गरी ल्याइएको विधेयक संविधानको प्रतिकूल र असंवैधानिकसमेत रहेको ठहर गरेको जनमत अध्यक्ष डा. सीके राउतले बताएका छन् ।

‘भूमिहीन र सुकुम्बासी समस्याको समाधान यो विधेयकबाट हुन सक्दैन । सुकुम्बासीको समस्या समाधान गर्न प्रचलित ऐन नै पर्याप्त रहेको छ,’ मोर्चाले भनेको छ, ‘उक्त विधेयक रियल स्टेट, भू-माफिया, भूमि दलाल, भ्रष्टाचारी, वन तस्कर आदिलाई अत्यधिक लाभ पुग्ने गरी ल्याइएको छ ।’

विधेयक पारित भए वन–जंगल विनाश भई पर्यावरण संकट उत्पन्न हुने र जैविक विविधता नष्ट भएर तराई–मधेश मरुभूमिकरण हुने, तराई–मधेशमा आन्तरिक बसाइँसराइका कारण अत्यधिक जनसंख्या वृद्धि भई भयावह स्थिति उत्पन्न हुने मोर्चाको भनाइ छ ।

‘देश र जनताको हितमा नरहेको हुँदा उक्त विधेयकको मोर्चा घोर विरोध गर्दछ । प्रस्तुत विधेयक फिर्ता लिन सरकारसँग अनुरोध गर्दछ,’ मोर्चाले भनेको छ ।

मोर्चाले राष्ट्रिय गौरवका आयोजनाहरूका साथै प्रमुख राष्ट्रिय आयोजनाहरूका लागि आवश्यक बजेटको व्यवस्था गरी आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने पनि माग गरेको छ ।

विधेयक असंवैधानिक रहेकाले यसबाट भूमिहिनको समस्या हुन नसक्ने निष्कर्ष निकालिएको जनमतका प्रवक्ता डा. शरद यादवले जानकारी दिए । 

उक्त विधेयकले भूमाफियालाई मात्रै अत्यधिक लाभ पुग्ने उनले बताए । बैठकले उक्त विधेयक फिर्ता लिन माग गरेको उनले जानकारी दिए ।  

यसअघि यही सरकारले अघि बढाउन खोजेको भूमिसम्बन्धी अध्यादेश पनि जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादीको विरोधका कारण रोकिएको थियो ।

त्यस्तै बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका सन्दर्भमा समेत छलफल भएको थियो । बैठकले आगामी बजेट जनसंख्या र मानव विकास सूचकांकका आधारमा विनियोजन गर्नुपर्नेमा जोड दिएको छ । 

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ६ : ४६ बजे

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले