पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : संसदीय उपसमितिको प्रतिवेदन अख्तियारलाई जिम्मा « Khabarhub

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : संसदीय उपसमितिको प्रतिवेदन अख्तियारलाई जिम्मा


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको बैठकले उपसमितिको प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनका विषयवस्तु र विमानस्थलबारे उठेका भ्रष्टचारका बिषयमा अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि पठाउने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले बताए।

उपसमितिको प्रतिवेदनमा बिमानस्थल निर्माण गर्दा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टचार भएको उल्लेख गरिएको छ भने निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको औँल्याइएको छ ।

प्रतिवेदनमा रहेका बिषयहरूलाई आवश्यक यथाशिघ्र अध्ययन, अनुसन्धान गरि कारवाही प्रक्रिया अघि बढाउने गरि अख्तियारमा पठाइने उनले बताएका छन् ।

बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले उपसमितिको प्रतिवेदनप्रति असहमति जनाएका छन् ।

उनले भ्रष्टाचारको कुरा आएपछि पोखरा विमानस्थल निर्माणका बिषयमा अख्तियारले अनुसन्धान गर्नुपर्ने उल्लेख गरे । उनले तत्कालीन पर्यटनमन्त्रीको हैसियतमा अख्तियारले आफूमाथि छानबिन गरे बयान दिन जाने स्पष्ट पारे ।

त्यस्तै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले उपसमितिको प्रतिवेदनमा कुनै पूवाग्रह नरहेको भन्दै यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा उपसमितिको प्रतिवेदनका बिषयमा सांसदहरूबीच विवाद समेत भएको थियो । उपसमिति संयोजक राजेन्द्र लिङ्देनले प्रतिवेदन तयार पार्दा कुनै पूर्वाग्रह नराखिएको बताउँदै सबै प्रक्रिया पुरा गरिएको जिकिर गरे ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : १८ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका