‘राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने « Khabarhub

‘राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विषयगत समितिको तेस्रो बैठकले देशभरका पदमार्गहरू एउटै राष्ट्रिय मापदण्ड अनुसार निर्माण गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा बुधवार काठमाडौंमा बसेको विषयगत समितिको तेस्रो बैठकले सबै तहका सरकारले‘राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ लागू गर्ने निर्णय गरेको हो ।

यस बैठकले पर्यटन विकासका लागि विभिन्न सातवटा निर्णय गरेको छ । जसमा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी ठानिएको ‘होमस्टे सञ्चालन मापदण्ड’लाई पनि सबै तहमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

यसका साथै प्रदेश र स्थानीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउँदा केन्द्र सरकारसँग तादाम्यता मिलाउने, संस्कृति तथा पर्यटन क्षेत्र मा स्थानीय तहको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकारले सहयोग गर्ने निर्णयसमेत गरेको छ ।

यससँगै पहिचान गरिएका पर्यटकीय गन्तव्यहरूको सौन्दरीकरण, प्रचारप्रसार तथा मर्मत सम्भारमा तीनै तहका सरकारले प्राथमिकता दिने, पर्यटनमा निजी क्षेत्रको लगानी आकर्षणका लागि वातावरण निर्माण गर्ने र अघिल्ला बैठकका निर्णयहरू कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बैठकमा संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेसँगै प्रदेशका पर्यटन मन्त्रीहरु र समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

बैठकमा बोल्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा तीन तहबीच समन्वय र साझेदारी आवश्यक रहेको बताएका छन् । उनले भने, “हामीकहाँ नीति निर्माणदेखि कार्यान्वयनसम्म टुक्राटुक्रामा हुने प्रवृत्तिले प्रभावकारी परिणाम आउन सकेको छैन । अब साझा मापदण्ड र स्पष्ट कार्यविभाजनका साथ अघि बढ्नुपर्छ ।”

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ८ : ३३ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको