‘राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने « Khabarhub

‘राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विषयगत समितिको तेस्रो बैठकले देशभरका पदमार्गहरू एउटै राष्ट्रिय मापदण्ड अनुसार निर्माण गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा बुधवार काठमाडौंमा बसेको विषयगत समितिको तेस्रो बैठकले सबै तहका सरकारले‘राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ लागू गर्ने निर्णय गरेको हो ।

यस बैठकले पर्यटन विकासका लागि विभिन्न सातवटा निर्णय गरेको छ । जसमा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी ठानिएको ‘होमस्टे सञ्चालन मापदण्ड’लाई पनि सबै तहमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

यसका साथै प्रदेश र स्थानीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउँदा केन्द्र सरकारसँग तादाम्यता मिलाउने, संस्कृति तथा पर्यटन क्षेत्र मा स्थानीय तहको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकारले सहयोग गर्ने निर्णयसमेत गरेको छ ।

यससँगै पहिचान गरिएका पर्यटकीय गन्तव्यहरूको सौन्दरीकरण, प्रचारप्रसार तथा मर्मत सम्भारमा तीनै तहका सरकारले प्राथमिकता दिने, पर्यटनमा निजी क्षेत्रको लगानी आकर्षणका लागि वातावरण निर्माण गर्ने र अघिल्ला बैठकका निर्णयहरू कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बैठकमा संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेसँगै प्रदेशका पर्यटन मन्त्रीहरु र समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

बैठकमा बोल्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा तीन तहबीच समन्वय र साझेदारी आवश्यक रहेको बताएका छन् । उनले भने, “हामीकहाँ नीति निर्माणदेखि कार्यान्वयनसम्म टुक्राटुक्रामा हुने प्रवृत्तिले प्रभावकारी परिणाम आउन सकेको छैन । अब साझा मापदण्ड र स्पष्ट कार्यविभाजनका साथ अघि बढ्नुपर्छ ।”

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ८ : ३३ बजे

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका